साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी मान्छे बन्न नखोजौँ ?

Nepal Telecom ad

तिमीले अनुनय गर्याै
कन्दमूल खनेर प्राण धान्ने
हाम्रा कैयौं कविलाहरूले
ढुङ्गाका कोदालाहरू थन्क्याएर
तिम्रा लागि
समुद्रमाथि पुल बनाए
तिमीले भन्यौ
भन्नासाथ मैले
काँधमाथि दोर्णाचल बोकेर
तिम्रो प्रतिष्ठा बचाएँ
तिम्रो सहोदर भाइको ज्यान बचाएँ
र बचाएँ तिम्रो
गिर्नै लागेको साख पनि
तिमीले आग्रह गर्याै
मैले ज्यानको बाजी लगाएर
आगोमाथि हामफालेँ
एउटा स्वर्णीम सभ्यता जलाएर खरानी उमारेँ
र बचाएँ तिम्रो इज्जत
तिम्री स्वास्नीको सतित्व
र फर्काएँ
गुम्नै लागेको तिम्रो सातो पनि
तिमीले कासन गर्याै
मेरा कैयौँ कविलाहरूले
गिठाभ्याकुर खन्ने कुटो थन्क्याएर
बज्र उठाए
बर्षाए दुश्मनका किल्लाहरूमा
र तिमीलाई बादशाह बनाए
कहिले मित्रताका नाममा
कहिले कर्तव्यका नाममा
कहिले आदर्शका नाममा
पालन गरिरह्यौँ हामीले
तिम्रा अनुनय, आग्रह, कासन
र हुकुमी फरमानहरू
हामीलाई आफ्नो ज्यानको परवाह भएन
तिमीलाई हाम्रो जीवनको परवाह भएन
कति जटायुहरूका पखेटा काटिए
कति बालिहरूमाथि छल भयो
कति इमान्दारहरू मुर्ख बनाइए
तर
ए यस युगको नयाँ बादशाह
तिमीले आफ्नो रामराज्य दावी गरेर
हामीलाई निरन्तर हनुमान त बनायौ
अब पनि के हामी
मान्छे बन्न नखोजौँ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x