साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माघ आठ लेराउने रे !

Nepal Telecom ad

हुदहुदले हुत्याए जस्तै,
निलोफरले सिद्ध्याए जस्तै
माघ आठ अब आउने रे,
जन धन क्षति पुर्याउने रे !
हुदहुदले त पुर्यो, बगायो,
माघ आठले त उडाउने रे
निलोफरले चिस्याएको,
नेताले त तताउने रे !

धर्ती ताते आँधीबेरी,
नेता ताते क्रान्ति फेरि,
समुद्री आँधीको काम बाँकी,
नेता पूर्ण गराउने रे !
माघ आठ लेराउने रे,
जन धन क्षति पुर्याउने रे !
माघ आठ लेराउने रे !

कालो बादलको सट्टा,
नेता नै मडराउने रे,
हत्या, बन्द, लुट, जुलुसले,
नारा नयाँ लगाउने रे !
थोर छ तिम्रो खेत र बारी ?,
अब सिङ्गै प्रदेश दिलाउने रे !
नाम, थर, वतन, थोर भो ?,
पहिचान ठूलै दिलाउने रे !
माघ आठ लेराउने रे !

दुर्बल जनता भए सप्पै,
शक्ति सम्पन्न गराउने रे
जसले जे जे अधिकार मागे,
सप्पैलाई त्यै दिलाउने रे !
भाग्दै युवा खाडी भासिए,
बाँकीलाई खेदाउने रे
अबको पालो बृद्ध बालकको,
आन्दोलन चर्काउने रे !
माघ आठ लेराउने रे,
जन धन क्षति पुर्याउने रे !
माघ आठ लेराउने रे !

आपसमा नै लडी लडाई,
महान सहीद बढाउने रे !
नेता नाँच्ने जनता मर्ने,
आन्दोलन उही ल्याउने रे !
दश वर्षे त्यो रगत सुक्यो रे,
ताजा रगत बगाउने रे
नयाँ नेपाल बन्यो यस्तो,
झन् झन् नयाँ बनाउने रे !
माघ आठ लेराउने रे,
जन धन क्षति पुर्याउने रे !
माघ आठ लेराउने रे !

कठपुतली छन् लोभी पापी,
नेता नाङ्गै नचाउने रे
मर्ने मार्ने, बाँच्ने बाँकी सबलाई
राजा रानी बनाउने रे !
माघ आठ लेराउने रे,
जन धन क्षति पुर्याउने रे !
माघ आठ लेराउने रे !

बत्तिसपुतली, काठमाडौं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x