साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ को छ ?

Nepal Telecom ad

१. यो देशमा वेवकुफ पारेर नै बसिन्छ
आफूलाई वेवकुफ पार्ने यहाँ को छ ?

२. जे गरे नि यहाँ छुट ! जे बोले नि हुन्छ !
धर्म अर्थ काम मोक्ष बुझ्ने यहाँ को छ ?

३. सक्कली र नक्कलीको भेद जान्ने को छ ?
“जेन्टल म्यान” हुनु पर्छ ! चिन्ने यहाँ को छ ?

४. कस्ता कस्ता तन्त्र गए ! मन्त्र उनै दरा !
ज्यान मारा खुला हिँड्छन् जान्ने यहाँ को छ ?

५. जागिर त अझै पनि “घाम जाला !” नै छ !
घुस होइन ! ठगी होइन !!” जाग्ने यहाँ को छ ?

६. दुविधा छ सवैतिर वुझाइ नै क्लिष्ट !
फेर्ने कुरा लुगा फेर्ने ! गौढी यहाँ को छ ?

७. मन्त्री हुने सवै छाडी सारै भाग्यमानी !
गोजी भर्नै मात्र खग्गु ! खेद्ने यहाँ को छ ?

८ उताबाट पनि चक्र ! यता त झन् बाबु !
चक्र भित्र नबेरिने “जान्ने” यहाँ को छ ?

झर्रो नेपाली घर, चन्द्रगढी झापा

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x