साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन त मोदी दाइ

Nepal Telecom ad

हेर त मोदी दाइ
बिग्रिएका तिम्रा भाइ !!
कोही सिल्ली जस्ता
कोही बिल्ली जस्ता
न लेख्छन्
न लेख्न दिन्छन्
छलफल नगरिकन
बैठक नै छोडि हिँड्छन्
आफ्नो आङको भैंसी नदेख्ने
अर्काको आङको जुम्रो देख्छन्
भन त मोदी दाइ
अब यस्ताले
कसरी संविधान लेख्छन् ?

एउटा अघी सरे अर्कोले बाटो छेक्छन्
एउटा नटेक भन्छ
अर्कोले फोहर खुट्टा टेक्छन्
भन त मोदी दाइ
यस्ताले कस्तो संविधान लेक्छन् ?

तिमी आउने भने पछि
अलिअली डराउँछन्
आई हाल्यौ भने पनि
दुई चार कुरामा सहमति गराउँछन्
तर तिमी गएकै दिन
लाजै नमानी
कट्टु गन्जी छराउँछन्
भन त मोदी दाइ
यस्ताले कसरी
देश उँभो गराउँछन् ?

कहिले कुराको टोकाटोक
कहिले टेबल ठोकाठोक
विवेक हराएका जस्ता
खै कसरी संविधान लेख्न आ’का हुन्
कहिलै बुद्धिी नपलाउनेहरूले
खै कसरी जनमत पा’का हुन्
दुई चार टाउकेले
संविधान बनाउने भए
भन त मोदी दाइ
छ सय एक सभासद किन भा’का हुन् ?

दाङ, हाल : काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x