बद्रीप्रसाद दाहाल ‘भस्मासुर’पादस्थ भन्ने गरूम् ?
छोरा सम्धी जुवाईं भाइ भतिजा, साला र साली अब
काला तस्कर बक्सरे डन सबै, नाङ्गै नियुक्ती गर ।
के सरकार चलाऊँछौ ? तिमीहरू, लुट्ने इरादा लिई
मात्रै भाग लगाउँछौ, स्वजनमा, सक्किसक्यौ है खिई ।।१।।
भो भो शीर्ष नभन्नु “पत्र– टिभी हो”, पादस्थ भन्ने गर
साँच्चै प्रेस चलाऊँछौ यदि भने, “पादस्थ” लेख्ने गर ।
जस्मा चिन्तन मूल्य दर्शन मरी, दुर्गन्ध मुर्दा बन्यो
त्यस्तालाई नलेख “शीर्ष–अगुवा” “पादस्थ” भन्दा भयो ।।२।।
राणा शाह र पञ्च माथ गरिँदै, आफ्ना नियुक्ती गरी
के सर्कार चलाऊँछौ, अधम हो ? कानूननै कुल्चिई ।
मात्रै देश लुटेर सज्जन सबै, पाखा लगायौ यहाँ
भो भो शीर्ष नभन्नु है, कलम हो छन् आततायी जहाँ ।।३।।
बर्सौं बर्स बिते, सधैं “सहमति” नारा छरी छर्छर
मात्रै कोष भकुर्दछौ, अधम हो, सुत्छौ घुरी घर्घर ।
सोझालाई विचारको अफिममा, लठ्याइ ब्वाँसाहरू
आफू टन्न धनी बनेर, सपना काट्छन् यी मूसाहरू ।।४।।
भो भो शीर्ष र टाउके नभन है, दोभान भन्ने गर
भो भो तीर्थ र माउते नभन है, हुन् पापका कस्मल ।
भागै भाग लगाई, देश जनता, सर्दार बन्ने जन
केको शीर्ष र तीर्थ भन्नु अब ता, पादस्थ हुन् सज्जन ।।५।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































