साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमको चङ्गा

Nepal Telecom ad

अब स्पष्ट हुनु जरुरी छ—
के गर्दै छन् उनीहरू ?
तपाईं माउसुली बनेर
बिस्तारै सिलिङमा उक्लिनुहोस्
र तल हेर्नुहोस्—
एउटै ओछ्यानमा सुतेर
के गर्दैछन् उनीहरू ?
अब स्पष्ट हुनु जरुरी छ—
घरका सारा बत्तीहरू निभाएर
यो अन्धकार धरतीभित्र
के गर्दै छन् उनीहरू ?
लोग्ने यता फर्किएर सुतेको छ
स्वास्नी उता फर्किएर सुतेकी छे
युगौँदेखि निदाएका छैनन् उनीहरू
तर काटिएको छ— संवादको धागो !
तपाईं माउसुली बनेर
सिलिङबाट फेरि हेर्नुहोस् तल—
अस्पष्ट, अमूर्त र निष्प्राण सालिकहरू
मौन मौन सुतिरहेका छन्
जीवनको अँध्यारो म्युजियमभित्र !
आज को पहिले निदाउने हो
कि निदाउँदैन कोही ?
भोलि को पहिले ब्युँझिने हो
कि ब्युँझिदैन कोही ?
थाहा छैन उनीहरूलाई
उनीहरू मौन छन् !
तर यति निर्जन मौनताभित्र पनि
हतार हतार
केही गरिरहेका छन् उनीहरू !
अब स्पष्ट हुनु जरुरी छ—
के गर्दै छन् उनीहरू ?
उनीहरू दुई विपरीत दिशातिर फर्किएर
अँध्यारो आकाशमा उडाइरहेका छन्
आआफ्ना रङ्गीन चङगाहरू !
हातमा निरन्तर घुमिरहेको छ
लट्टाई जस्तो स्मार्टफोन !
र टच स्क्रिनमा छमछम
नाचिरहेका छन् औँलाहरू !
केवल औँलाहरू नाचिरहेका छन्
उनीहरू मौन छन् !
लोग्नेको लट्टाईबाट निस्किरहेको छ
आफ्नी भर्चुअल प्रेमिकाको
केशराशि जस्तो कालो धागो !
स्वास्नीको लट्टाईबाट पनि निस्किरहेको छ
आफ्नो साइबर प्रियतमको
सपना जस्तो नीलो धागो !
तिनै धागाले बाँधिएका चङ्गाहरू
कहाँ पुगे होलान् यतिखेर ?
ए माउसुली !
अब तपाईं झ्यालबाट बाहिर हेर्नुहोस्—
यो भूतघर जस्तो अँध्यारो आकाशमा
खोइ कहाँ होला
चङ्गाको गन्तव्य ?
उनीहरू त बेखबर छन्—
हरेक रात
किन खुकुलो हुँदैछ धागोको अँगालो ?
र किन जाँदैछ ओछ्यानमा पहिरो ?
माथि आकाशमा
एक्ला एक्लै उडिरहेका छन् चङ्गाहरू !
उडिरहेका छन् कि जमिनमा
खसिरहेका छन् चङ्गाहरू ?
कि चङ्गाले नै काटिरहेको छ
चङ्गाको धागो ?
अब स्पष्ट हुनु जरुरी छ
सायद केही बेरपछि नै चङ्गा चेट हुनेछ !
र आकाशबाट एक्लै एक्लै
झर्नेछ यही जमिनको काखमा !
सम्भावनाहरू धेरै छन्—
कि अल्झिनेछ कुनै काँडाको झाङमा !
कि गहिरो समुद्रमा ! कि अग्लो चट्टानमा !
कि निर्जन मरुभूमिमा !
कि आफ्नै चिसो ओछ्यानमा !
कहीँनेर खस्नेछ चङ्गा !
हुरी आउँदै छ अचानक
ए माउसुली !
हेरिराख्नुहोस् समयलाई
अब कहाँनेर खस्ने हो—
प्रेमको चङ्गा ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x