ललिता ‘दोषी’तिन ठोकान
एक
तमीले आदर्श पियायौ, आदर्शले नै नुहायौ
तिमीले पियाएको आदर्शले पलपल मरेँ नि आमा !
आपूm नाङ्गिएर अरूको आङ ढाक्दा पनि
उठ्नै नसक्ने गरी भुइँभरि छर्रिएँ नि आमा !
दुई
दुख्दै छ आज नेपाली, कलेजो आफ्नो चुँडाई
देउराली, पाखा,तराई रोएझैँ लाग्छ मलाई
वसन्त हेर्ने आँखामा तुवाँलोले ढाकेछ
फुल्छ माटो भन्दा त झनै सुक्खा लागेछ ।
तीन
कसले छाम्ला देशको मुटु मान्छे भेटिएन
युगले कोल्टो फेर्छ भन्दा रगत मेटिएन
चम्कन्छ कि ज्योति भन्दा रातै फेरिएन
दुःख लाग्छ राष्ट्र हाक्ने नेता देखिएन ।
बुद्धनगर, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest






































