फित्काैली डटकमसार्क सम्मेलन प्रतिनिधिलाई चिठी
महामहिम सार्क सम्मेलन प्रतिनिधि तथा सार्क राष्ट्रका राष्ट्र प्रमुखज्यूहरू,
सम्बन्धित राष्ट्र
विषय : सार्क सम्मेलन लम्बाई पाऊँ भन्ने बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा सार्क राष्ट्र प्रमुखज्यूहरूलाई नेपालको वास्तविक अवस्था थाहा नभएको हैन तर पनि हामी अर्थात नेपाल सरकार महामहिमको सम्मेलन र भ्रमणलाई मध्ये नजर गर्दै विशेष गरी सडकको गाला मसार्दै छौँ । हाम्रो देशमा दैनिक जसो दुर्घटना हुन्छ, वर्षा लाग्यो कि को मर्ने र को बग्ने वा पुरिने थाहा छैन तर हामी भएभरका बजेट महामहिमहरूको स्वागतमा खर्च गर्दै छौँ । ती बासै उठेकाहरूलाई सहयोगको नाममा शोषण गरिरहेका छौँ । हाम्रा देशका जनता, नदी थुनिएर वा पहिरो खसेर पुरिइ रहँदा हामी महामहिमहरू सहभागी कार्यक्रममा स्वागत गर्न र तालि ठोक्न राजी छौँ । हामी सकेसम्म वास्तविकता लुकाउन चाहन्छौँ । सर्वहाराका नेता सुविधा सम्पन्न विल्डिङमा र सम्पत्तिको नाममा २ मोबाइल रहेको नेताको बेड बाट १२ – १४ लाखसम्म हराउन सक्यो ।
हाम्रो देशमा भए जति सबै उत्पादक स्रोत तथा नदिनाला महामहिमहरूलाई हस्तान्तरण गर्न चाहन्छौँ । हामीले २०६४ सालदेखि आजसम्म ६०१ जना कर्मचारी राखेर संविधान बनाउने ठेक्का दिए पनि तत्काल ठेक्का सकिने छाँटकाँट देखेका छैनौँ । महामहिमहरूले नेपाली नेताबाट सिकेर यसपालिको सार्क सम्मेलनमा मज्जाले विवाद गर्नुहोला र सहमतिको प्रयास गर्दा गर्दै माघ ८ पनि बितोस् ।
महामहिमज्यूहरू, नेपालमा रहँदा नेपाली नेताहरूले जे जस्तो भए पनि काम गर्दा रहेछन् । त्यसैले माघ ८ मा हामीलाई संविधान दिएर मात्र आ–आफ्नो देश फर्किनु हुन महामहिमज्यूहरूलाई सादर अनुरोध गर्दछौँ ।
महामहिमज्यूहरूबाट सकारात्मक निर्णयको अपेक्षा सहित….. ।
नेपाली जनता
बोधार्थः नेपाल सरकार
Subscribe
Login
0 Comments
Oldest






































