चट्याङ मास्टरभैंसी राम्रो ममको पोकोको
भैंसी राम्रो ममको पोकोको
हेराइ राम्रो छिप्पेको बोकोको
देशको राजधानी,
यत्ति छ रक्सि बाँकी, भन को खानी ?
जोडी राम्रो भाषण र तालीको
कुरा मिठो भिना र सालीको
देशको राजधानी,
यत्ति छ रक्सि बाँकी, भन को खानी ?
बुढी राम्री क्रिम पाउडर घसेकी
ठिटी राम्री अगाडि बसेकी
देशको राजधानी,
यत्ति छ रक्सि बाँकी, भन को खानी ?
ठिटो मक्ख बिहेका कुराले
ठिटी मक्ख गहना चुराले
देशको राजधानी,
यत्ति छ रक्सि बाँकी, भन को खानी ?
व्यवस्था त क्या राम्रो लेराए
अवस्था चै झन् खत्तम बनाए
देशको राजधानी,
यत्ति छ रक्सि बाँकी, भन को खानी ?
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































