साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मात्र हल्ला र खल्ला ?

Nepal Telecom ad

हामी ठूला, दलपति भनी, डुग्रिए शीर्ष–नेता
थाङ्ना लूला, गुटपति कयौँ, बोझिला रुग्ण नेता ।
मार्दै आन्दोलन मन यहाँ, मूल्य मासेर सग्ला
मात्रै दिन्छन्, रङ–विरङका नीच हल्ला र खल्ला ।।१।।

मोदी गर्छन् भ्रमण अब ता, फेरि भन्छन् हुँदैन
मन्त्री मन्त्री, कलह झगडा, लाजले नै छुँदैन ।
दाता ढाँट्दै, जनकर लिई, मोज गर्ने उपल्ला
मात्रै छर्छन्, रङ–विरङका, तुच्छ हल्ला र खल्ला ।।२।।

अर्बौ मासी, रकम यसरी, हुन्न कैल्यै बिकास
झारा तिर्ने, रङ–पिच गरी, कोश पार्यौ विनाश ।
लिङ्गाचौका, अतिसय बढे, तामसी भोज तल्ला
मात्रै दिन्छौ, अधम गफका, नीच हल्ला र खल्ला ।।३।।

यस्तै पाजी, मन मगजले, सप्रला कूटनीति ?
मात्रै फर्जी, मन मगजमा, देखिए फूटनीति ।
के चल्ला खै ? मुलुक अगुवा, शीर्ष नै घोर– झल्ला
दिन्छौ नाना, रङ–विरङका, तुच्छ हल्ला र खल्ला ।।४।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x