साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ३४३ औँ शृङ्खला

Nepal Telecom ad

साहित्य सन्ध्याको ३४३ औँ कार्यक्रम मङ्सिर ६ गते शनिवार राजधानीमा ‘संविधान बनाऊ’ भन्ने दबाबमूलक विशेष कविगोष्ठीका रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका कार्यवाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षता र सदस्य प्रशान्त खरेलको सञ्चालनमा भएको थियो ।

गोष्ठीमा अतिथिका रूपमा वरिष्ठ कवि एवम् प्राज्ञ पूर्णविराम, प्राज्ञ विष्णु प्रभात, वरिष्ठ प्रगतिवादी साहित्यकारहरू हरिहर खनाल, जगन्नाथ आचार्य र रामप्रसाद प्रदीप, वरिष्ठ कवि कणाद महषि, अतृप्त पाण्डेय, गोविन्दप्रसाद आचार्य र टिप्पणीकार शीतल गिरी उपस्थित हुनु हुन्थ्यो ।

गोष्ठीको प्रारम्भमै सञ्चालक प्रशान्त खरेलले मुलुकको निकासका लागि अत्यावश्यक रहेको संविधान जारी होला भन्ने जन अपेक्षा पूरा हुने सम्भावना नदेखिएको र नेताहरू आआफ्ना स्वार्थमा नै रुमल्लिएको हुँदा स्रष्टाहरूले सिर्जनाका माध्यमबाट दबाब दिनु पर्ने आवश्यकता बोध गरी आजको विशेष गोष्ठी आयोजना गरिएको जानकारी दिनुभएको थियो ।

गोष्ठीमा पुनाराम गिरी, रश्मि रिमाल, अतीन्द्र दाहाल, पूर्णविराम, अतृप्त पाण्डेय, रमेश पोखरेल, गोपालकुमार मैनाली, मुकुन्द न्यौपाने, डिल्लीराज अर्याल, रामचन्द्र खतिवडा, नारायण निराशी, चेतनाथ धमला, वैरागी जेठा, गोविन्दप्रसाद आचार्य, जयन्ता पोखरेल, प्रशान्त खरेल, नवराज श्रेष्ठ, इन्दु अंशु, गणेश घिमिरे ‘मार्मिक’, गोपाल नेपाल, आनन्दराम पौडेल, कणाद महर्षि, प्रदीपरत्न शाक्य, रमेश गौतम ‘पाल्पाली’, स्मीता, जगन्नाथ आचार्य, ब्रह्मप्रिय प्रेमस्वरूप, रामचन्द्र दाहाल, डिल्लीप्रसाद मुल्तिउन, भारद्वाज मित्र, कालिकोटे अनिश, उर्मिला पन्त पाण्डेय, ऋचा, जे.के सायब जारा, अनुप जोशी, रामप्रसाद प्रदीप, पीताम्बर भण्डारी, सुदेश सत्याल, निर्भीक राई, अशोक सुवेदी, गोमादेवी कटुवाल र एस.पी. चौलागाईंले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भयो ।

गोष्ठीमा वाचित सिर्जनामाथि टिप्पणीकार शीतल गिरीले चर्चा गर्नु हुँदै सबै ४३ ओटा रचनाले नेपाली समाजमा देखिएका वर्तमानका बेथितिप्रति प्रहार गरेका, केही रचनामा आञ्चलिकता समेत आएको, गणितीय सूत्रका सूत्रात्मक कविता समेत वाचन भएका, प्रायः कविता उत्कृष्ट रहेका तर वाचन वैशिष्ट्य भने थोरै कविमा मात्र देखिएकाले त्यस पाटोमा निकै धेरै ध्यान दिनु पर्ने धारणा सहित गोष्ठी उपलब्धिमूलक रहेको बताउनु भयो ।

गोष्ठीको समापन गर्दै रमेश पोखरेलले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले देशमा जब जब सङ्कट आइ पर्छ स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट कस्सिएर दबाब दिनु पर्छ भन्ने मान्यता राख्ने र सोही अनुसारको कार्य सम्पादन गर्ने संस्था हो । यसले सदैव नयाँ र पुराना पुस्तालाई एकै थलोमा उभ्याएर नयाँलाई सिक्ने प्रेरणा प्रदान गर्ने हुँदा यसले आयोजना गर्ने गोष्ठी भनेको कार्यशाला जस्तै हो भन्नुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x