साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुलीपानी

Nepal Telecom ad

पानीको धनी देश
न पानी छ शहरमा
न बिजुली छ घर घरमा
तर बिजुलीपानी फालाफाल छ
कोही खाएर चिलिम
कोही यसैले मालामाल छ
पानी खान नपाएर सहरमा
हामी पानी पानी
डन, अपराधीे खोज्दा भेटिँदैनन्
जताकतै भेट्टाउने पुलिसले
यही बिजुलीपानी ।

मन्त्रीदेखि सन्त्रीसम्मले खाने
यही बिजुली पानी
पार्टी भोजमा नभै नहुने
यही बिजुलीपानी
चौरासी भोजन भए पनि
यो नहु“दा खल्लो हुने
वा बिजुलीपानी !
क्या बिजुलीपानी !

सहरमा होस् कि गाउँमा
बोइङमा होस् नाउमा
यही बिजुलीपानीले गर्छ कमाल
तपाईं पनि ट्राइ गरेर हेर्ने कि ?
कति मच्चाउँछ यसले धमाल ।

कति बन्नै नसक्ने काम पनि
यही बिजुलीपानीले बनाउँछ
दिनमा हुन्न भने पनि हाकिमलाई
साँझ हेर्नुस् न यसले कसरी मनाउँछ
तपाईं मात्र खाएर आएपछि साँझ
श्रीमतीलाई यो ठुस्स गनाउँछ
दिनुस् एक प्याक श्रीमतीज्यूलाई पनि
अनि हेर्नुस् न यसले
कसरी आफ्नाे जात जनाउँछ ।

कन्ट्रयाक्ट, टेन्डर सब
यसले मिलाउँछ
बिजुलीपानी टक्राएपछि
प्रभुकै कृपा यसले दिलाउँछ
खोलानाला बगिरहुन्
तिनलाई यसरी नै बग्न देऔँ
बरु बिजुलीपानीबाट के के हुन्छ
त्यो त्यो फाइदा लेऔँ
अब खेतबारीमा पनि
यही बिजुलीपानी हालौँ कि
मैनबत्ती र इन्भर्टरको साटो
यही बिजुलीपानी बालौँ कि
पेट्रोल डिजेल पनि
किन निर्यात गर्ने
गाडी मोटरमा पनि
यही बिजुलीपानी हालौँ कि
मैले बिजुलीपानीको महिमा भने आज
फेरी भोलिदेखि थाल्नुहोला
थाल्नुभन्दा पहिले
परामर्शको लागि
कृपया एक पटक मकहा“ पाल्नुहोला ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x