साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेढङ्गको काठमान्डू

Nepal Telecom ad

भैँसेपाटीमा मानिस बस्छन्
हाँडीगाउँमा गहना खोज्छन्
काँडाघारी काँडा नकोरने !
भत्केको पुल तर्दा नमर्ने !

पानी टङ्कीमा पानी अनिकाल
सुकेधारामा झन् के हाल ?
आकासे धारामा इनार खन्छन्
कालधारामा कालै नुहाउँछन् ?

खुर्सानीटारमा तरकारी पिरो
ढुङ्गा अड्डामा मार्बल हिरो
अनामनगरमा नामै नाम
शान्तिनगर छ झगडा धाम ।

सुबिधानगरमा सुबिधा छैन
बनियाटारमा व्यापार हुँदैन
भोटेबहालमा भोटे भेटिन्न
रातोपुल किन रातो हुँदैन ?

थापा गाउँमा सब थरि बस्छन्
कपनमा खोई के के कप्छन् ?
सरस्वती खेलमा निरक्षरी छन्
अत्तरखेल ता दुर्गन्धित् झन् ।

धापासीमा धाप भासिन्छ ?
सुनधारामा सुन पाइन्छ ?
माली गाउँमा फूलै छैन
हल्चोकमा पनि हलगोरु छैन ।

ढल्कोका सबै सोझै हिँड्छन्
डिल्ली बजारमा नेपाली बोल्छन्
बाफलका खोइ के फल खान्छन् ?
हेपालीलाई हेप्ने हेपिन्छन् ।

गोठाटारमा गोठ न गुइँठा
कुमारीगालमा केटै केटा
चुनदेवीमा चुन छ महँगो
जोरपाटी जोर भव्य महलको ।

सुन्दरीजलमा अनुहार कस्तो !
धोबीखोलामा धोबी नबस्दो
डल्लुमा गई डल्ली खोज्नु ?
नक्सालमा के नक्सा कोर्नु ?

आलापोट्मा पासा न थरकी
धर्मस्थलीमा पापी हुन्न कि ?
भंगालमा पनि ढुक्कै निदाउँछन्
सितापाईला मानिस हिँड्छन् ।

सामाखुसीमा को पो खुसी छ ?
बिजुलीबजारमा बिजुली कति छ ?
पेरिस डाँडा फ्रेन्च नबोल्नू
हात्तीसारमा हात्ती नखोज्नू !

नाम र काम सब बे ढङ्गी
काठमाण्डू छ रङ्गी र चङ्गी
काठमाण्डूमा पस्दै नपस्नू
पसिहाले पनि बस्दै नबस्नू ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x