साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ है, वार्ता गीत गाऔँ !

Nepal Telecom ad

सार्कपछि डार्क हुन्छ, क्रान्ति चर्किएर
कुम् उचाली, फत्फताए, उल्का झर्किएर ।
सत्ता भत्ता भएमात्रै, जथ्था हुँदो रेछ
नत्र भने पत्ता साफ, भइने पो रेछ ।।१।।

घुमाउरो तरिकाले, सत्ता मागेका हौ
बाङ्गोटिङ्गो बाटो खनी, अनि जागेका हौ ।
बारबुँदे सम्झौताको, जिउँदो पात्र मै हुम्
प्रकृयामा जाँदाखेरि, ढल्ने गात्र मै हुम् ।।२।।

सहमति भन्नु मने, सत्ता भाग्बन्डा हो
भोको बाघ्को मर्म बुझ, सुशिल् केपी बा हो ।
तिमेरूले दाइँ गर्दा, मुख्मा पानी आयो
सार्कपछि डार्क होला, वार्ता गीत गाओ ।।३।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x