साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो, मान्छे बन्ने रहर… !?

Nepal Telecom ad

चेतनाको पहिलो पाइलादेखि नै,
मलाई ओढाइएको आवरणको गर्तमा छोपिएको
तृष्णाको अगणित सुसुप्त मुनाहरू
निरन्तर तिखारिएका विषका दाँतहरूले क्षत विक्षत भएर,
अचेतनाको चक्रब्यूहमा डुब्दै उत्रँदै,
मैले जीवनको सार्थक परिभाषा बुझ्न नपाउँदै
पूरा हुँदैन कि मेरो, मान्छे बन्ने रहर… !?

प्रचलन र परिपाटीको नाममा
मान्छेरुपी स्वार्थपुञ्जभित्र जन्मिएको,
भ्रामक र अहम जिजीविषाको लागि,
तिम्रो भागको रोटी खोसेर
अनवरत तिमीलाई भोकै राखेर,
हाडछाला भएको तिम्रो शरीरमा मल्हम पट्टि लगाउन नपाउँदै
पूरा हुँदैन कि मेरो, मान्छे बन्ने रहर… !?

अहिलेसम्म ख्वामितको, कहिलेसम्म ख्वामितको ?
निरर्थक श्रेष्ठता सिद्धि गर्न,
निरन्तर बढ्दै गएको अपमानको दबाब सहन नसकेर
झुकेको, दुन्निएको तिम्रो मेरुदण्ड
तिम्रो स्वाभिमान र साहसलाई सहारा दिएर
कुप्रिएको तिम्रो त्यो ढाड पुनः सीधा पार्दै,
तिमीसँग काँध मिलाएर हिँड्न नपाउँदै
पूरा हुँदैन कि मेरो, मान्छे बन्ने रहर… !?

एकाकीपनको पर्दाभित्र लुकेर हैन,
हीनता र लाजको घेराभित्र सीमित रहेर पनि हैन
जुगुप्साको चट्टानले थिचिएर त हुँदै होइन
तिम्रो त्यो त्राशद जीवन,
सत्यले गोडमेल गरेर म बाँच्न चाहन्छु,
परन्तु,
मेरो सम्पूर्ण आत्मबललाई समेट्दै,
तिम्रो रुग्ण, दशकदेखि बिमार शरीरलाई व्याधीमुक्त गरेर
पिपलको हाँगामा झुलेका सल्लाका पातहरू छिमलेर
स्निग्धमनको सतहमा अङ्कुरित
वर्जना र नियतिको चस्स घोच्ने काँडाघारी फाँडेर
सबैका अगाडि छाती फुकाएर,
एउटा उन्मुक्त, स्वतन्त्र
पूरा मान र अभिमानका साथ तिमीसँग जीवन जिउन नपाउँदै
पूरा हुँदैन कि मेरो, मान्छे बन्ने रहर… !?

६ मङ्सिर, २०७१, दैलेख

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराएको जमीन र आकाश !

हराएको जमीन र आकाश...

रामशरण प्याकुरेल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x