साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमस्कार हिसाब !!

Nepal Telecom ad

ए हिसाब !
जहिले पनि नमिलेको तेरो त्यो खुम्चिएको अनुहार लिएर
मैले मिलाइदिनु पर्ने गरेर
तैँलाई चाहिने,
तैँसँग भएको एउटा उत्तर पनि सँगै नल्याएर
रित्तो हात र समस्याका साथ
किन सधैं मेरो अगाडि आएर तेर्सिन्छस् ?
तँलाई मिलाउनु पर्ने जिम्माको भारी
सधैं मेरै टाउकोमा कहिलेसम्म ठोकी रहन्छस् ?

ए हिसाब !
कुनै दिन त यसो आफै मिलेर पनि आइज न है
तँलाई चाहिने जाबो एउटा उत्तर तँ आफैले आफूसँगै लिएर आइज न है
फेरि, तँ मेरै अगाडि सधैं आउनै पर्छ भन्ने नै पो के छ ?
नेपालमा मात्रै पनि करिब तिन करोड मानिस छन्,
ती सप्पैकोमा गएर
म एउटाकोमा कहिल्यै नआए पनि त हुन्छ
आउनै परे कहिले काँही मात्रै आए पनि त हुन्छ
अलि सजिलो रुप लिएर आए पनि त हुन्छ
मेरो अगाडि आएर तेर्सिनु तेरो बाध्यता हो भने पनि
कुनै दिन त सर्लक्क आफै मिलेर आए पनि त हुन्छ ।

ए हिसाब !
तैँले मलाई लखेटन थालेको धेरै भइसक्यो
साँवा अक्षर पढ्न सुरु गर्दा तँ साँवा अक्षरको ब्याज बनेर आइस्
यता साँवा अक्षरका कति अक्षर नै गायब भई सके
झुन्डिएको ल, तलथोप्ली व, सायद कतार या मलेसिया कता गइसके
तिन धर्के णले जस्तै कति अरु सावाँ अक्षरले पनि आफ्नो रुप फेरी सके
तर तँ भने ऊ बेलादेखि यो बेलासम्म जस्ताको तस्तै
सून्यदेखि नौसम्म उस्ताको उस्तै
कहिल्यै मिलेर आइनस्
कहिल्यै सजिलो भएर आइनस्
मेरो गिदी मथिङ्गल खलबल्याएर तलाई चाहिएको उत्तर नलिई गइनस् ।

ए हिसाब !
जहिले पनि जत्तिका तत्ती
मेरो गोरुका बाहै्र टक्का गर्दै नै आइस्
सहमति, सम्झौता र लचकता कहिल्यै जानिनस्
मलाई सधैं हैरान पारिस् र पार्दैछस्
कहिलेसम्म लखेट्छस् हिसाब तँ मलाई ?
कहिले लखेट्न छोड्छस् तँ मलाई ?

ए हिसाब !
अब आउँदा त सर्लक्क आफै मिलेर आइज है
तँलाई चाहिने तेरो उत्तर पनि सँगै लिएर आइज है
ए हिसाब !
तँलाई मिलाउनु पर्ने झन्झटबाट मलाई मुक्ति दे,
है हिसाब !

आफ्नो गोजा र ब्याङ्कको हिसाब मिलायो
उता परिवारको कोस्ट भित्रको हिसाब मिलाउन बाँकी हुन्छ
बल्ल बल्ल परिवारको कोस्ट भित्रको हिसाब मिलाउँछु
उता देशभित्रको कोस्टको हिसाब मिल्दैन
त्यो मिलाए, फेरि अन्तराष्ट्रिय कोस्ट भित्रको मिल्दैन
सप्पै नमिली तँलाई चाहिने एउटा उत्तर आउँदैन
दुईटा उत्तर आए तेरो चित्त बुझ्दैन
उत्तर नलिई त जान मिल्दैन
तँ नगई मलाई शान्ति हुँदैन ।

एउटा उत्तरको लागि किन यत्रो दुख दिन्छस् हिसाब ?
अब त म पनि बुढो भएँ
हामी सँगै हुर्किएको, तेरो पनि त उमेर पुग्यो
मैले आफ्ना आवस्यकता आफै पूर्ति गरे झैं
तैले पनि आफ्नो उत्तर आफैं खोज्ने गर है हिसाब
मेरा अगाडि आएर तेर्सिनै परे पनि
आफैं मिलेर आउने गरेस् है हिसाब
मलाइ मुक्ति दे हिसाब
नमस्कार हिसाब !
बाइ बाइ हिसाब !!

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x