साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यही त झन कमाल छ

Nepal Telecom ad

इमेलमा सोध्ने साथी
के बताउँ तिमीलाई
मेरो के हाल छ
देशको के ताल छ
कहाँबाट सुरु गरुँ
देशको यस्तै चाल छ
जनताको उस्तै हाल छ
भोका नाङ्गा छन् देशवासी
देश चलाउने मालामाल छ
यही त झन यहाँको कमाल छ ।

राजधानी भनी के गर्नु
तिम्रो घरको अगाडि
फोहर फाल्ने आहाल छ
हामीले पढेको कलेज छेऊ
नाङ्गो नाचले बबाल छ
देश हाँक्नेहरूलाई थाहा छैन रे
यही त साथी झन कमाल छ ।

नेताको खडेरी परेको बेला
सभासद फालाफाल
जनताको हातमा सुको नहुँदा
मन्त्रीको कमाई धमाल छ
बुभ्mन नसकिएको गाँठी कुरा
यही त झन यहा कमाल छ ।

खान लुट्न पाउनेहरू
सँधै राजेश हमाल छ
खान नपाउनेहरूको
सधैँ बन्द, हडताल छ
कहिले यो अन्त हुने
सबको एउटै सवाल छ
तर कसले लिने चासो
सबको आफ्नै ताल छ
दुनो सोझो सबले पार्ने
यही त झन कमाल छ,
इमेलमा सोध्ने साथी
के बताउँ तिमीलाई
यहाँ यस्तै–यस्तै कुराको बेहाल छ ।

दाङ, हाल काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x