साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ छ प्रशासन ?

Nepal Telecom ad

घँचेटी घँचेटी अवस्था नहेरी ।
कहाँ के छ अडचन् नसोची बिचारी ।।
जकेडेर यात्री कता लुत्त ढाल्ला ।
लिई पूर्ण शंका कहाँ फुत्त फाल्ला ।।

हरे राम अम्बे जपी हुन्छ यात्रा ।
सवारी भनौं के खटारा र थोत्रा ।।
कसैले भनुन् वा नबोल्दै रहुन् तै ।
म भन्छु हटाओ छुसी सिन्डिकेटै ।।

थिएँ मख्ख सारै सुनी उच्च भाषण् ।
कठै आज पाएँ तिनै रद्दि पाषाण् ।।
जुनै काल हेर्दा ऊँ घेरै बसेका ।
म ठान्थेँ सुनेता रहेछन् कुनेता ।।

न फिक्री न चिन्ता कतै केहि नास्ती ।
सधैं नै निमूखाहरूमा छ सास्ती ।।
डडाँल्नो फुकालीकनै मात्र चेत्लान् ।
कहाँ भेटिएला म हेर्थें प्रशासन् ।।

२०७१ मंसिर
काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x