साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति बाँकी छन् ?

Nepal Telecom ad

प्रजातन्त्रमा हेर्नोस् प्रजा र तन्त्र बाँकी छन्
लुटेराले अझै लुट्न मेरा धेर मन्त्र बाँकी छन्

सङ्कटकाल सकिएर सङ्कट र काल बाँकी छन्
समाचारले समाउन दुई तिन चार बाँकी छन्

भ्रष्टाचार जति मास चारका चार बाँकी छन्
पहरेदारहरू मध्ये गद्धार आफ्नै यार बाँकी छन्

सिंह दरबारमा हेर्नोस् दर र बार बाँकी छन्
बोक्नु पर्ने अझै हामीले देशका भार बाँकी छन्

अधिकार कति खोज्नु ? मात्र धिक्कार बाँकी छन्
सुन्नुपर्ने धेरैका ती अझै चित्कार बाँकी छन्

रगतले न सिचिँएका अझै केही टार बाँकी छन्
टुक्रा टुक्रा भयो तरवार, तैपनि धार बाँकी छन्

सुटबुठमा नाङ्गै नेता, कछाड र धोती बाँकी छन्
देश बिगार्ने भयौँ धेरै तर बनाउने कति बाँकी छन् ?

बत्तिसपुतली, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x