साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अबेला होला ? खबरदार ???

Nepal Telecom ad

जित्ने हार्ने क्रमहरू दुबै, हुन्छ मिल्ने कुरामा
सम्झौता हो अलिकति लिने, वा दिने हो कुरामा ।
आफ्नै मात्रै अभिमत यहाँ, राज गर्दैन धेर
बुझ्द्यौ हाम्रा दलपतिहरू, मेलमा भो अबेर ।।१।।

ठूला आन्दोलन कति भए, मारिए युध्द वीर
घाइते छन् कतिकति यहाँ, क्वै छ गम्भीर धीर ?।
लाग्ला यिन्का विमल– मुटुका, श्राप हे शीर्ष नेता
सम्झौतामा पुग अब सबै, नत्र होला अबेला ।।२।।

धेरै खेल्यौ अब त अति भो, गुम्न सक्ने छ मौका
हान्लान् धेरै अतिहरू मिली, जिल्ल पारेर चौका ।
अन्त्यैको यो समय बुझिद्यौ, झट्ट देउ विधान
ठट्टा सम्झी गुट्फुट गरे, बन्छ धेरै चिहान ।।३।।
रातै पर्ला मुलुकभरमा, झुल्कदैनन् बिहान ।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x