साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटै कुरो

Nepal Telecom ad

बाकल हैन रुख भित्र दरो चुरो भए पुग्छ
नेताज्यूको भाषण भन्दा मुटु सूरो भए पुग्छ ।

प्रदर्शनमा झुण्डिएको अल्छीपाटे माल भन्दा
धरती जोत्ने गोरुसँग ठाडो जुरो भए पुग्छ ।

जनताले राष्ट्र पाउन विशाल क्षेत्र के जरुरी ?
नेपाल जस्तै चिटिक्कको सानो भुरो भए पुग्छ ।

जातजाति टुक्रिएको टाक्रेटुक्रे बाहाँ हैन
एकै छानो ठड्याउने साझा धुरो भए पुग्छ ।

नानाभाँती लक्ष भन्दा गर्ने मात्र भन्दा राम्रो
नेपालीको शिर नझुकोस् एउटै कुरो भए पुग्छ ।
२०७१ पौष
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x