साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नो आन्सर

Nepal Telecom ad

जुन बल्छीको चारो खान्छ
माछा उसैको हुन्छ
धर्म गरेको भन्ने कि पाप
सधैंभरि स्नान गर्ने माछाले
मरेपछि पनि सुख पाउँदैन
तातो कराईमाथि उम्लिएको तेलमा
झ्याइँ–झ्याइँ पोलिनुपर्छ ।
पीडितले न्याय पाउला र यो देशमा ?
न्यायाधीशले नै घुस लिएपछि
कसको पक्षमा वकालत गर्छ ?
हरेक सरकारी कार्यालयमा
टेबलमुनिबाट लेनदेन हुन्छ
लिने र दिने दुवैलाई च्याप्प समातेर
नाङ्गो बनाएर
काउसोको माला लगाएर
रत्नपार्कमा लगेर छाड्नुपर्छ
बिर्सनु हुँदैन, त्यसलाई चारपाटा मुड्नुपर्छ ।
के गर्नु बखान
जोडेर उखान
भ्रष्टाचार मौलाएकै छ
नानी, पानी र जवानी पलायन भएकै छ ।
ऊ गर्छु भनेर गएको मान्छेले
ऊ गरेर ऊ गर्छ
ऊ गर्दागर्दै उसको ऊ भएछ
देश र जनताका लागि लड्दालड्दै
बिचराको बल, वैंश र जवानी गएछ ।
तपाईंले संविधान लेख्नुभयो भने
कति दिनमा तयार पार्नुहुन्छ ?
एक वर्ष ।
एक महिना ।
एक दिन ।
एक घण्टा ।
एक मिनेट ।
वा एक सेकेन्ड ।
लेख्ने दृढ इच्छा हुनुपर्छ
शक्ति आफैं उत्पन्न हुन्छ
एकै बसाइमा महाकाव्य त तयार हुन्छ ।
कसले भनेको ? नेपालको संविधान लेख्न
६०१ को बथान चाहिन्छ
पटक/पटक चुनाव हुनुपर्छ
जारी गर्ने मिति सारिरहनुपर्छ भनेर ।
यी सबै सुषुप्त सुनामी छाल हो
नेपाली जनतालाई उल्लु बनाउने चाल हो
एचआईभीबाट बच्ने भरपर्दो माध्यम
प्यान्थर अनि ढाल हो ।
हामी हाकाहाकी भन्न लाज मान्छौं
भित्रभित्रै त्यही काम गर्छौं
अनि त सावधानी अपनाउन बिर्सन्छौं
त्यही भएर
भीआईपीको संख्याभन्दा
एचआईभीको संख्या बढ्दै गा’छ ।
तपाईलाई थाहा छ ?
एउटै चर्पी प्रयोग गर्दैमा,
जुठो खाँदैमा,
अँगालो मार्दैमा
सर्दैन
नसरेसम्म बचाउने प्यान्थर
सरेपछि नो आन्सर ।
जोगीमारा, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x