साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिदका सपना र नेता

Nepal Telecom ad

१. कुनै नेपालबन्द, हड्ताल, आमसभा या जुलुसको हुलमुलमा कोही मर्यो र सहिद घोषणा गरियो भने उसले देखेका सबै सपना यहाँका सबै नेताले ठ्याक्कै थाहा पाउने गरेको कसरि होला ?

२. हाम्रा सप्पै सहिदका सप्पै सपना हाम्रा सप्पै नेताले कसरी थाहा पाउँछन् र कसरी कण्ठ पनि पार्छन् ?

३. उहिल्यै बितेका नेताले के कस्ता सपना कहिले देखेका थिए भनेर अहिले पटापट भन्न सक्ने अहिलेका यी नेता के भूतकालदर्शी झाँक्री हुन् ?

४. भोट जिउँदाको माग्ने अनि काम चैं सहिदका सपना साकार पार्ने भनेपछि यी अहिलेका नेता मृतात्माका मात्रै प्रतिनिधि हुन् कि ज्युँदाका प्रतिनिधि पनि हुन् ?

५. सहिद हुनुभन्दा अगाडि के उनीहरू खालि सुतिरहने, सपना देखिरहने र देखेका सपना जति अहिलेका नेतालाई भनिरहने गर्थे होलान्, होला यो कुरो ?

६. अहिलेका यति धेरै नेताले यत्रो वर्ष सरकार चलाउँदा पनि कुनै सहिदका कुनै सपना पूरा भएका छैनन् भने कति धेरै सपना देखेका रहेछन् त ती सहिद हुनेहरूले ?

७. त्यत्रा ठूला ठूला, त्यत्रो धेरै सपना देख्न हाम्रा सहिदहरूलाई सहिद नबनिसक्दाको अवस्थामा कति लामो समय निदाएरै बिताउनु पर्यो होला ?

८. कुनै ज्युँदै जनता आएर मेरो त सपना परेन, बिपनामा सोचेकै कुरा साकार गरि दिनोस् नेताजी भन्यो भने “हामी त सहिदका सपना मात्रै साकार पार्ने नेता हौँ, ज्युँदाका सोचाई साकार पार्ने नेता विदेशमा पाइन्छन, यहाँ होइन” भन्लान कि नभन्लान् अहिलेका नेताले ? कि त्यसलाई पनि सहिद बनाइदिएर अनि उसका सपना साकार पार्नतिर लाग्लान् ?

९. सहिदका सपना सकार पार्न जो नेता लाग्छ ऊदेखि सहिदका आत्मा प्रसन्न भएर आशिर्वाद दिने अनि नेताको चैं सपना बिपना सबै साकार हुने गरेको किन होला ?

१०. मृतकको नाममा ज्युँदालाई ढाँटेर आफ्नो पेट भर्ने पेसाकर्मीलाई नेता बाहेक अरु के भन्न सकिन्छ ?

११. तपाईं पनि आफ्ना सपना या बिपना या दुवै सकार पार्न चाहनु हुन्छ भने आफू सहिद बन्ने तारतम्य मिलाउनुहोस् अनि नेताले तपाईंका सपना साकार पारिदिनेछन् । अथवा नेपालको नेता बन्नुहोस् र अरु सहिदका सपना साकार पार्न लाग्नुहोस् ।

१२. अहिलेका नेताले उहिलेका सहिदको सपनाका भाषण सुनाउनुलाई तपाईं के भन्नु हुन्छ ?
(क) सहिदप्रति जनताको भावनामाथि बलात्कार, (ख) सहिदका नामको दुरुपयोग, (घ) सुद्ध फट्याईं
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x