साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुबायल गीता

Nepal Telecom ad

भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै,
लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै
लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वै
हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै ।

यता गयो मुबायलै उता छ मान एसको
गरीब होस् तथा धनी यही छ सान देशको
छ क्लासमा मुबायलै छ जाँचमा मुबायल
लिएर नोट हातमा सफल हुने मुबायल ।

छ सेट हातमा भने जुटाइ दिन्छ बर्बधु
विवाह हुन्छ झट्ट नै लमी छ यो मुबायल
न पढ्नुपर्छ कत्ति नै छ सीम साथमा भने
असीम बन्छ इज्जतै भिर्यो मुबायलै भने ।

स्वतन्त्र प्रेममा सधैं खुला छ यो मुबायल
मिलिक्क देश नै धनी बनाउने मुबायल
गरीब खानले मरे त अन्न हो मुबायल
असक्त रोगले मरे छ ओखती मुबायल ।

छ घूस ख्वाउनै भने गरेर हेर डायल
छ देश मास्नुनै भने त अस्त्र हो मुबायल
उमेरले बुढो भए छ साथमा मुबायल
भने छम्छम् गरी परी नचाउने मुबायल ।

स्वकीय श्रीमती त्यसै लत्याउने मुबायल
पराय स्त्रीहरू स्वयंं हत्याउने मुबायल
विभागमा पुग्यो भने रुँगाउने मुबायल
दिएन दच्छिना भने रुवाउने मुबायल ।

कुनै कतै असुन्दरी र प्रौढ नै भए पनि
छ सेट हातमा भने भनिन्छ च्वाँक हुन् तिनी
युवाहरू पिछा गरी घुटुक्क गर्दछन् जब
यही नयाँ विकास हो भनी बुझे भयो अब ।

कहीँ त शोडषीहरू हँसाउने मुबायल
कहीँ त एसमेसले फसाउने मुबायल
कि यौवना घरैभरी सजाउने मुबायल
कि ता विदेशमा लगी भजाउने मुबायल ।

छ भात थालमा भने त दाल हो मुबायल
कतै धुसा नपाइने कतै सिरक् मुबायल
निदाउँदैन रातमा छ हातमा मुबायल
मुुसार्छ सुम्सुम्याउँदै भनी प्रिये ? मुबायल ।

सभा मिटिङ् जताततै घनक्क घन्कने यही
अनेक टोनमा बजी रनक्क रन्कने यही
कथा, पुराण आदिमा पसेभने त क्वै जब
टिटीँ टुटुँ ग¥यो कि ता जुरुक्क उठ्दछन् तब ।

अज्ञात स्थानमा लगी करोड माग्छ यो कथम्
पुगेन माग लौ भने लिँदैछ ज्यान यो स्वयम्
तथापि मानिसै न हो हुँदैन कत्ति कायल
रहेछ जादुको छडी समान यो मुबायल ।

धनी छ देश भेषमा करोड रिन् छ केशमा
न खान क्यै छ साथमा तथापि सेट हातमा
युवा पति प्रदेशमा कि श्रीमती विदेशमा
लगी स्वतन्त्रले चराउँदै छ यो मुबायल ।

कलेज जान्छ ठाँटमा लिएर सेट हातमा
तथापि ऊ गरीबझैं कुुरा कथुर्छ बातमा
यदाकदा त दल्बलै लिएर हिंड्छ साथमा
पछि त्यही गरीब भै निशुल्क हुन्छ क्लासमा ।

चिठी बरा कता गइन् ? यहाँ त सौतिनी पसी
रजाइँ गर्दछे सदा सुटुक्क काखमा बसी
न प्रेम पत्र लेखिने न ता कुनै घरायसी
सबै कुरा सिध्याउने रहेछ यो मुबायल ।

यदाकदा घटी बढी भएछ भागमा भने
वरिष्ट दल्हरू स्वतः फुटाउने मुबायल
फुटे भनेर हर्ष क्यै नमान्नु रे‘छ बास्तब
हुटेलमा पसेभने जुटाउने मुबायल ।

रिसोटमा पसून् सबै प्रसस्त नै पिउन् बरु
अचेत भै सबै जना रछ्यानमा लडून् बरु
बनाउ संविधान यो भनेर पार कायल
यसो गरे त देवता समान हो मुबायल ।
सुरुङगा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x