चट्याङ मास्टरकुरो बेग्लै हो
जनताको पिर नेताले बुझ्दैन,
चुनावको बेला छ भने कुरो बेग्लै हो ।
मानिसको हत्या गर्नु हुँदैन,
सहिद बनाएको हो भने कुरो बेग्लै हो ।
चोरी डकैती लुट जस्ता अपराध गर्नु हुँदैन,
देशमा आमुल परिवर्तन ल्याउन गरेको हो भने कुरो बेग्लै हो ।
झ्यालखान परियो भने समाजमा इज्जत जान्छ,
राजनीतिक चरित्रको व्यक्ति हो भने त कुरो बेग्लै हो ।
आफूलाई अरुले जिस्क्याएको कसैलाई मन पर्दैन,
तर सालीले जिस्क्याई भने कुरो बेग्लै हो ।
सालीलाइ जिस्क्याउँदा मजा आउँछ,
तर आफ्नी सालीलाई अरुले जिस्क्यायो भने कुरो बेग्लै हो ।
साना कर्मचारीले घुस खानु हुँदैन
राजनीतिक नियुक्तिवालाले खाए कुरो बेग्लै हो ।
प्रक्रिया मिलाएर घुस खाए ठिकै हो
तर क्रिया मात्रै मिलाएर खाए कुरो बेग्लै हो ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































