साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरुलाई

Nepal Telecom ad

आफ्नु घाउ किन देखाउँछौ अरुलाई ?
यसै त घाउ दुखेको छ,
किन नुन–चुक छर्कन डाक्छौ अरुलाई ?

आफ्नु प्रगति किन सुनाउँछौ अरुलाई ?
यसै त हिँड्न गाह्रो छ,
किन आफ्नु खुट्टा तान्न बोलाउँछौ अरुलाई ?

आफूले नबुझेको कुरा किन सोध्छौ अरुलाई ?
यसै त मुर्ख भन्छन्,
प्रमाण किन दिन्छौ अरुलाई ?

आफ्नु बिचार–लक्ष किन सुनाउँछौ अरुलाई ?
यसै त पागल भन्छन्,
किन कुकुर छोड्न लगाउँछौ अरुलाई ?

हो, लाग्छ दया माया !,
तर किन आफ्नै काखमा डाक्छौ अरुलाई ?
परै बरु ठिकै छ नि,
किन “आइज मलाइ डस” भन्छौ अरुलाई ?

आफू परिपूर्ण मस्त भएर देखाई देउ अरुलाई !
मरुन् न डाहले,
आफू आफ्नै जीवन बाँच, उनको मृत्यु मर्न देऊ अरुलाई !!
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x