सुलसुलेश्रवण मुकारुङको ‘भावालय’ लोकार्पण
काठमाडौं, पुस २० गते । साहित्यकार श्रवण मुकारुङको निबन्ध सङ्ग्रह ‘भावालय’ लोकार्पण भएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादिमा आयोजित एक कार्यक्रमबीच प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो सङ्ग्रहको लोकार्पण गर्नुभयो ।
उहाँले, भन्नुभयो “मैले अहिलेसम्म प्राज्ञ श्रवण मुकारुङलाई एउटा सशक्त कवि र गीतकारको रुपमा मात्र चिन्हेको थिए, तर आज उहाँलाई एउटा निबन्धकारको रुपमा पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।”
कवि मुकारुङलाई थप साहित्यिक योगदानका लागि आग्रह गर्दै उहाँले कविले अब स्मरणात्मक साहित्यिको क्षेत्रमा कलम चलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।लोकार्पित कृृतिमाथि टिप्पणी गर्दै गजलकार बृद्धिसागरले आख्यनकार मुकारुङलाई देश काल र परिस्थिसंगको अपडेट साहित्यकार बताउनुभयो ।
अहिलेका कवि लेखकहरुले आफ्नोे लेखनलाई अरुमाथिको हतियार बनाएको चर्चा गर्दै उहाँले कवि मुकारुङ यसबाट पूर्णरुपमा अलग रहनुभएको बताउनुभयो ।
अर्का टिप्पणीकार कवि स्वप्निल स्मृतिले राष्ट्रिय एकता अखण्डता नै लोकार्पित कृतिको मुख्य विषयबस्तु रहेको बताउनुभयो । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेको सभापतित्वमा सम्पन भएको थियो । एकसय ८९ पृष्ठको लोकार्पित कृतिमा ३५ वटा निबन्धहरु सङ्ग्रहित छन् ।
Subscribe
Login
0 Comments
Oldest












































