साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बेबकुफ र बेग्लो !

Nepal Telecom ad

परीक्षामा,
साथीभाइले किताबै सार्दा
गुरुहरूले कार्बन राखी राखी छाप्दा
निरिक्षकहरूले समेत चिट चोराउँदा
समयको हेक्कै नराखी खुब ईमान्दार भैखाँदो
जिन्दगीभर तेस्रो श्रेणीको बिल्ला झुन्ड्याएरै
बाँचेको छु सग्लो
म बेबकुफ, म बेग्लो !

जागिर,
खोजी गर्न साराका साराले तलुवा फटाउँदा
जो सकेको नजराना समेत चटाउँदा
आफैंले चौध अञ्चल र पचहत्तर जिल्ला घोकाएकाहरू
उच्च पदासिन हाकिम बनिसक्दा
डिग्रीको प्रमाणपत्र सिरानीमा थन्क्याउँदै, र
दीक्षित हुँदाको कालो भाङ्ग्रोयुक्त तस्बिर
डेराको भित्तामा झुन्ड्याउँदै
मनगढन्ते सन्तुष्टीका पोकाहरू कसेर बाँचिरहेको
सन्सारै बदल्छु भने जस्तो मिथ्या मनमा साँचिरहेको
बारवर्षे बढुवाले बनाइदिएको गौरवशाली सुब्बा, एक्लो
म बेबकुब, म बेग्लो !

सडकमा,
आफ्नो लाईनबाट मात्र लुसुलुसु पैदल हिँड्ने
खोजिखोजी जेब्राक्रसबाट मात्र बाटो काट्ने
यो त पैदलयात्रीको अधिकार नै ठान्ने
नियम मानेर गाडी चलाउनु पर्छ भन्ने मान्यता राख्ने
कतै पनि पेलम्पेल गर्न नसक्ने
तर हरे ! यस्तो लाग्दैछ,
अटेरी चालकहरूको सिकार पो हुने भएँ म
र, कुनैदिन जेब्राक्रसमै मर्ने भएँ म !
कस्तो अधबेस्रो !
न ओल्लोघाटको, न पल्लो
म बेबकुब, म बेग्लो !

गाउँघरमा,
बोली हैन व्यवहार हेर्नुपर्छ भनेर सम्झाउने
रैथाने बारमासे नेताको सिकार नबन्न झस्काउने
जनतालाई गाँस–बास–कपासतन्त्र हाम्रो हो,
अरु सबै न खत्तम, न त राम्रो हो,
भनेर बारम्बार दोहो¥याउने
सबै तन्त्रका ठेकेदारहरूको काउसो
मानौँ, कुनै सफा कपडामा लागेको एक थेग्लो
म बेबकुव, म बेग्लो !

जिन्दगीभर,
अरुले सुनून्–नसुनून् बोली रहने
अरुले मानून्–नमानून्, सम्झाइरहने
केही नगन्यहरूबाट उत्प्रेरित
धेरै ‘बुज्रुक’ हरूबाट तिरस्कृत
इमानदारिता, नियम र कानुनको हिमायती
आफ्ना लागि बयस्क र बुझक्कड
अरु सबैका लागि म अण्डा
वा भनूँ, चिउँचिउँ गर्ने चल्लो,
साँच्चै,
बेबकुफ, र बेग्लो !
२०७१ पौष
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x