साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता मुर्ख नै छान्नुपर्छ

Nepal Telecom ad

तपाईं सधै नेताले देश चलाउन जानेनन् जानेनन् भन्नुहुन्छ
देश राम्रोसँग चलाउन जान्ने नेता छान्न तपाईं चै कहिले जान्नुहुन्छ ?

तपाईंले चाहेका सबै कुरा आजको भोलि हुँदैन, धैर्य गर्नुपर्छ
आखिर नेताको पनि त केही निश्चित आयु हुन्छ, त्यत्ति त कुर्नुपर्छ ।

“सामुहिक नेतृत्व”– यो शब्दावली त नेताहरूको लागि सुरक्षा कवच हुन्छ
मुख्य अपराधी कुन चैं हो, कसरि पत्ता लगाउनुहुन्छ ?

नेता सधैं सप्पैभन्दा मुर्खलाई छान्नुपर्छ
अनि पो यो जानेन, उ जानेन भन्दै आफू विद्वान हुन पाइन्छ,
ऊ नै सप्पै जान्ने विद्वान परे त आफैं मुर्ख बन्नुपर्छ
विद्वान त तपाईं हामि छँदैछौँ नि, नेता त मुर्ख नै छान्नुपर्छ ।

मलाई त आफ्नो नेता गजब प्यारो लाग्छ
आफ्ना अक्षमता र असफलताका सबै दोष उसैलाई लगाउन भन्न पाइन्छ
उसैलाई मस्त सरापेर आफ्ना कुण्ठा रिस सबै शान्त पार्न पाइन्छ
नेतालाई सरापे जत्ति अरुलाई सराप्यो भने त गोदाइ खाइन्छ ।

हाम्रा नेता केही काम लाग्दा भएनन् भन्नुहुन्छ
यस्तरी सराप्न काम लागेकै छन् त,
अब के तपाईंका गोठ भर्न पनि काम लागुन् भन्नुहुन्छ ?

एकदिन एउटो जाबो भोट दिए बापत नै
४–५ वर्ष लगातार यस्तरी सराप्न पाइएको छ
यस्ता नेता पाउँदा पनि तपाईंको चित्त नबुझे
के तपाईंलाई चैं सराप्ने नेता चाहिएको छ ?
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x