साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तल झार्यौ किन ?

Nepal Telecom ad

त्यत्ति मीठो सम्बन्धलाई टाढा पार्यौ किन ?
लड्दालड्दै जिन्दगीमा तिमी हार्यौ किन ?

आँधीबेहरी चल्यो ठुलो आत्तिएर भाग्यौ
बगी जाने खोलाजस्तो माया मार्यौ किन ?

डङ्गुर थिए कथा व्यथा बिसाउनु पर्ने
बाँडीचुँडी लिन्छु भन्थ्यौ त्यस्सै टार्यौ किन ?

खडेरीमा पिल्सिएर कहिलेसम्म बाँच्ने ?
बगैँचामा फूल हैन काँडा सार्यौ किन ?

भताभुङ्ग भयो मेरो सपनाको महल
उठाएर माथि आज तल झार्यौ किन ?
हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x