साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुँइक्याइदिऔँ हेलिकप्टरैमा

Nepal Telecom ad

बोलको तौल नभएका बकम्फुसे बात गर्ने शासकहरूको शीतल छत्रछायाँमा रामराज्याँभन्दा नि बढी आनन्द र सुखसँग जीवन बिताइर’का सारैै भाग्यमानी रामराज्यका बासिन्दाले आपूmलाई यस्तो सुखी जीवन जिउँन विवश पार्ने उहाँहरूको चाहना र इच्छालाई बुझी एउटा नयाँ मन्त्रालय खडा गर्नुपर्ला जस्तो छ ।

किनभने अरूले नगरेका ठूल्ठूला काम गरेर संसारमै नमुना भन्न लायकका हाम्रा अति महान् केही नेता, नेतृ, मन्त्रीजीहरूलाई घुमिरन सारै मन लाग्दो र’छ । उहाँहरूको त्यो इच्छालाई पूरा गर्नु हाम्रो धर्म हो । यसैका लागि नै त हामीले उहाँहरूलाई भोट दे’र चुनावाँ जिता’र त्याँ पु¥याका हौँ नि, हैन त ? अब ३६५ दिनै २४सै घण्टा देश विदेशाँ घुमाको घुमाई गरेर उहाँहरूको धोको पु¥याइदिनु हाम्रो प्रथम कर्तव्य हो । त्यसै पनि मन्त्रालय सन्त्रालयमा विराजमान् भ’र उहाँ हजुरहरूबाट माखो पनि मर्ने हैन क्यार ! बरू घुमिराखे उहाँहरू पनि दङ्ग अनि ….अनि.. हामी… खैर हाम्रा कुरा छोडौँ । आफ्ना साख्खै शासकहरूलाई दङ्ग परेर घुम्या देखेपछि पनि मख्ख नपर्ने त विद्रोही अथवा विपक्षको भै हाल्यो नि ! हामी त आप्mनै हौँ क्यार ! हाम्रो कामै उहााँहरूले जे गरे पनि मक्ख पर्ने त हो नि ! त्यसैले हामी उहाँजीहरूले रिबन काटेको देख्दा पनि कस्तो राम्रो र पुन्यको काम गरेको भनेर प्रशंसाका हावादारी झोलुङ्गे पुल बनाउँछौँ र कर्तालाई ‘हो बा मैले त कसैले नगरेको महान् कार्य गरेछु’ भन्ने भान पारिदिन्छौँ ।

उहाँहरूले आफू गुच्चा खेलेको ठाउँ हेर्न जाँदा राष्ट्रिय ढुकुटीको सदुपयोग गरी करोडौं खर्च गरेको देखी दङ्दास पर्छौं । जन्ताको सेवा गर्न भनी जन्ताले नै चुनी नचुनी पठा’काहरूलाई जहिले, जहाँ जे जसरी उड्न, गुड्न मन लाग्छ त्यसरी नै व्यवस्था मिलाउँछौँ । यसो गर्दा देशको अर्थतन्त्रमा जति रेक्टर स्केलको भुईंचालो गए पनि जाओस्, केही फरक पर्दैन ।

सत्तावालका लागि हामीले उदार मनले खर्च गर्नुपर्छ । कटौती त गरिब जन्ताले किनेर खान नसक्ने नुनजस्ता अति आवश्यक कुरामा पो गर्नुपर्छ । किनभने तिनै सारङ्गीजस्तो पेट भ’काहरूकै थाप्लोले ठूलाले गरेको खर्चको भार थेग्नुपर्छ । यदि गरिबले पेटभरि खान पाए भने त अल्छी लागिहाल्छ नि ! अनि फेरि कसले बोक्छ भत्तावालहरूको यत्रो भार ?

उहाँहरूका क्रियाकलापलाई निमुखा नरनारीले निहुरेर टुलुटुलु ला’र हेरिरनुपर्छ । किन यसो गरेको, भनेको भनेर सोध्न, भन्न काँ हुन्छ र ! पाप लागिहाल्छ नि ! फेरि नयाँ नेपालका नेतामन्त्री त नियम कानुनभन्दा पनि माथि पो छन् क्यार ! त्यसैले उहाँज्यूहरूलाई राज्यकोषको करोडौँ खर्च गरेर गजधम्म विराजमान् भ’र धीत् नमरुन्जेल उडिगुडी सैर गर्ने छुट छ । त्यसैले उहाँहरूको मनोरथ पूरा गरेर हामीले परोपकारको पुन्य आर्जन गर्ने सुअवसर कदापि उम्कन दिनुहुन्न । यस्ता ठूलाठालू महामानवले गरेको खर्चको विवरण माग्नु भनेको उहाँहरूप्रति अन्याय हो ।

अब तपैँ नै भन्नुस् त, अहिलेसम्म नलेखिएको संविधानको कुन चैँ धारा, उपधारामा मन्त्रीज्यू, नेतानेतृज्यू आदिले आफूले गरेका, भनेका कामकुराका लागि जन्ताप्रति जबाफदेही हुनुपर्छ भनेर लेखिएको छ ? त्यसैले कसैले पनि उहाँहरूसँग सोधपुछ गर्ने, हिसाबकिताबको विवरण माग्ने धृष्टता गर्नुहुन्न ।

मन्त्री, मन्त्रानी, नेता, नेतृज्यूनी तपैँहरू ढुक्क भ’र जत्ति मन लाग्छ त्यत्ति उड्दै गुड्दै मौजमस्ती गरिरनुस् है ! खर्चको चिन्ता गर्नुपर्दैन । जन्ता छँदै छन् नि, तपैँहरूको बोझ बोक्ने, कि कसो नेपाली जन्ता ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x