सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बडो जान्ने हुनुपर्छ !

Nepal Telecom ad

के देश विकास भएन भनेर कराई रहेको ?
थाहा छ “अन्तराष्ट्रिय सहयोग” भनेको के हो ?
अहिले त लिन पाइएको छ नि, देश विकास भए त दिनुपर्छ
बडो जान्ने भएर देश विकास गर्नुपर्छ !

के युवा विदेशिए भनेर कराई रहेको ?
थाहा छ ती सप्पै यहीँ बस्न थाले भने बजार भाउ के हुन्छ ?
अहिले त यति महँगो छ, ती सप्पै आए कति महँगो हुन्छ ?
बडो जान्ने भएर युबा विदेशिए भन्दै रुनु पर्छ !

के नेता खराब भए भनेर कराई रहेको ?
असल नेता आए मर्यादा पालना गर्नुपर्छ, अनुशासनमा बस्नुपर्छ
समाज र देशका लागि आफू जिम्मेवार हुनुपर्छ
यस्तो मजासँग गैरजिम्मेवार हुन् पाइएको छ
बडो जान्ने भएर नेता खराब भए भन्दै रुनुपर्छ !

के अधिकार पाइएन भनेर कराई रहेको ?
थाहा छ, अधिकारसँगै कर्तव्य पनि व्यहोर्नु पर्छ ?
बिना कर्तव्य गरि यति अधिकार माग्न पाइएको छ
तैपनि बडो जान्ने भएर अधिकार पाइएन भन्दै रुनुपर्छ !

के भ्रष्टाचार बढ्यो भनेर कराई रहेको ?
थाहा छ, भ्रष्टाचार रोकिए सबैले सबै नियम मान्नुपर्छ
अहिले सय पचास दिएर आफ्नो काम पट्याउन पाइएको छ
तैपनि बडो जान्ने भएर भ्रष्टाचार बढ्यो भन्दै रुनुपर्छ !
बत्तिसपुतली, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर