साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बडो जान्ने हुनुपर्छ !

Nepal Telecom ad

के देश विकास भएन भनेर कराई रहेको ?
थाहा छ “अन्तराष्ट्रिय सहयोग” भनेको के हो ?
अहिले त लिन पाइएको छ नि, देश विकास भए त दिनुपर्छ
बडो जान्ने भएर देश विकास गर्नुपर्छ !

के युवा विदेशिए भनेर कराई रहेको ?
थाहा छ ती सप्पै यहीँ बस्न थाले भने बजार भाउ के हुन्छ ?
अहिले त यति महँगो छ, ती सप्पै आए कति महँगो हुन्छ ?
बडो जान्ने भएर युबा विदेशिए भन्दै रुनु पर्छ !

के नेता खराब भए भनेर कराई रहेको ?
असल नेता आए मर्यादा पालना गर्नुपर्छ, अनुशासनमा बस्नुपर्छ
समाज र देशका लागि आफू जिम्मेवार हुनुपर्छ
यस्तो मजासँग गैरजिम्मेवार हुन् पाइएको छ
बडो जान्ने भएर नेता खराब भए भन्दै रुनुपर्छ !

के अधिकार पाइएन भनेर कराई रहेको ?
थाहा छ, अधिकारसँगै कर्तव्य पनि व्यहोर्नु पर्छ ?
बिना कर्तव्य गरि यति अधिकार माग्न पाइएको छ
तैपनि बडो जान्ने भएर अधिकार पाइएन भन्दै रुनुपर्छ !

के भ्रष्टाचार बढ्यो भनेर कराई रहेको ?
थाहा छ, भ्रष्टाचार रोकिए सबैले सबै नियम मान्नुपर्छ
अहिले सय पचास दिएर आफ्नो काम पट्याउन पाइएको छ
तैपनि बडो जान्ने भएर भ्रष्टाचार बढ्यो भन्दै रुनुपर्छ !
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x