साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिद गेट

Nepal Telecom ad

एक दिन
सहिदलाई भेट्न
गएँ सहिद गेट
चारै जना रहेछन्
भयो चारैसँग भेट
मैले नमस्कार ठोक्दै भनेँ–
सहिदज्यू
के छ हालचाल
अब त तपाईंको पनि
परिवार ठूलो भयो
सभासद जस्तै छन् फालाफाल ।
एक सहिदले भने–
हामी त
घाम भए पनि
चिसो भए पनि
झरी आए पनि
कुनै आच्छु नगरी
बित्दछ यसरी हरेक काल
के सोध्छौ हाम्रो हाल
के सोध्छौ हाम्रो चाल
हेर मनुवा
बरु ठीक छैन नि तिम्रो चाल !
हामी बाँचेर मरेका
मरेर फेरि बाँचेका
देख्दैछौं तिमीहरू त
जिउँदो भएर पनि
अरुको इशारामा
किन बाँदर भै नाचेका ?
अरुले बजाउँदा ढोल
किन कम्मर भाँचेका ?
देश जनता लुट्दै
कसको लागि धन साँचेका
बेच्दै हाम्रा सपनाहरू
दिवास्वप्न हेर कसरी गाँजेका !
को कुर्सीमा टाँसिन्छ
कोही भ्रष्ट भई भासिन्छ
कोहि पतित भई नासिन्छ
तिमी हाम्रो सपना
बेवास्ता गरे पनि
हाम्रो के ठासिन्छ ।
हामीले
गिर्जा बाउ आउँदा
प्रचन्ड पनि आउँदा
प्रस्ट भनेका थियौं
नातावाद कृपावाद बेठिक हो
कमिसनवाद भ्रष्टाचार अति भो
बचन दिँदै दुबैले भनेका थिए–
हो यो बेठिक छ
तर यहाँ कसको बचन टिक्छ
न सहितको सपना बिक्छ
न देश चलाउने ठिक छ
हरेक नेताको आप्mनै बकमफुसे
अडानमा अडिग छ ।
सहिदको कुरो खरो थियो
तर सोहै्र आना दरो थियो
म जिउँदो भएर पनि
एक छिन त मूर्ति भएँ
मान्छेले चपाएर फालेको
दुर्गन्धित सूर्ति भएँ ।

मौनतालाई भङ्ग गर्दै
त्रिभुवन बोले–
ढेडोलाई निस्तै
जति भने पनि
यी जिउँदा यस्तै
उनले अलिकति तितो खोले
मलाई अलिक हकार्दै बोले–
तिमी जिउँदाहरूलाई
अब सलाम ठोक्नु हुन्थ्यो
दुई हातले नमस्कार गरी
घप्लक्क ढोक्नु हुन्थ्यो
तर कसरी गर्ने
यी जिउँदाहरूले हामीलाई
सहिदको पगडी थमाइदिए
आफूहरू गब्बर सिंह रहेछन्
हामीलाई सोलेको ठाकुर बनाइदिए ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x