राजवखबर
सडकको भीडमा कुनै भ्रष्टाचारीले कुम जोडेको
र कुनै निर्धन कारिन्दा त्यसको गगल्स हेरेर कल्पिएको
देख्न नपरोस्
भन्ने त हो
तर यो कम सम्भव छ
मन्चमा
कम्मर र उरोज नापेर स्त्रीको मूल्याङ्कन गर्ने विद्वान्
सत्ताको चाकरीमा लिप्त माक्र्सवादी
जोड, घटाउ र हटाउ पक्षधर काइते
बढी देखिन्छन्
केही सिधा, राम्रा मान्छे खोज्यो भने
झ्यालबाट तल सडकमा
दाल, चामल, कफसिरप र सिटामोलको
चिन्तै चिन्तामा
लत्र्याकलुत्रुक घर फर्किरहेका
साना मान्छेहरू
क्लर्क, खरदार, पिउन, मजदुर,
घोटिँदा घोटिँदा थाकेको पत्रकार र
प्राइमरी स्कुलको मास्टरको मर्लान्त मुहार जोत्तिएको देखिन्छ
केही जो देखिँदै छन् रिष्टपुष्ट हँसिला भुँडे
ती केही सत्ताको घरदैलो पोत्छन्
केही नेताको शिरपाउ चमर फन्काउँछन्
जो मुस्काएका छन् केही
ती सब यस्तै मुहार हुन
भीडको पुरै अनुहार परिवर्तन गर्न
सच्चा मुहार
खोज्नेहरूको पनि खबर छैन ।
रचना अङ्क १२५ बाट
Subscribe
Login
0 Comments
Oldest








































