साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिदसँग गरिने प्रश्न

Nepal Telecom ad

मेरा एक मित्र भेटघाट गर्ने निहुँले चिया चुस्न र मगज चाट्न आइपुगे । उनले मुखै फोरेर भने मलाई त एक कप चियाले धितै मर्दैन । पहिलो कप र दोस्रो कपको बीचमा गफले पुलको काम ग¥यो ।

ती मित्रले सुनाए– भारतको विहारमा हालै सम्पन्न चुनाउ हेरेँ । एउटै बुथ हेरेर अघाएँ । भात पाकेको छ कि छैन भनी बुझ्नलाई भातको एक सिता नै भए पुग्छ ।

मित्रको दार्शनिक अनुहार देखेर उनको अनुभव पनि गहकिलो नै होला भन्ठानेर भनेँ– “हैन के के देख्नु भो त ? हामीलाई पनि सुनाउनुस् न त ।”

उनले वर्णन गरे– “मतदान चलिरहेको थियो । एक हुल काँग्रेसीहरू आए । त्यो हुलले मतपत्रहरू खोसी आफू खुशी छाप हानी मत पेटिकामा खसाएर छाती फर्काएर गयो । पार्टी प्रतिनिधिहरू प्रहरी प्रशासन सबै लाटो भएर भतेर हेर्दै थिए ।

त्यसपछि भारतीय जनता पार्टीको अर्को हुल आयो । त्यस हुलले पनि काँग्रेसकै पदचिन्हमा हिँड्दै जुँगा मुसार्दै गयो । केही बेरपछि सि.पी.एम.को टोली गाली झैँ आयो । पहिले भएका कार्यक्रमहरू सुनेर टोली नाइकेले मसीको एक बोतल झिकेर शिवलिङ्गमा गङ्गाजल चढाए झैं मतपेटिका भित्र खन्याई दियो । त्यो समूह पनि जसरी प्रकट भएको थियो, उसैगरी एक छिनमै अन्तध्र्यान भयो ।”

मित्रले प्रश्न गरे– “के यस्तै प्रजातन्त्रका लागि सहिदहरू सहिद हुन्छन् ?”
मैले भनेँ– “यार यो प्रश्न त सहिदहरूसँगै गर्नुपर्छ ।”

त्यहाँ हामीसँग बसेर सुनिरहेकी मेरी नातिनी मेघा निरौलाले सोधिन्– “हजुर बुवा ! हाम्रा देशमा पनि यस्तै प्रजातन्त्र होइन र ?”
मैले भनेँ– “उस्तै उस्तै हो नानु !”
बारा, हाल थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x