साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिद सप्ताह

Nepal Telecom ad

दिनदिनै सङ्क्रान्ति मनाउनेहरू,
छाक बिराई दशैं रमाउनेहरू,
विदेशी बोतलका सुनकोशी–ईन्द्रावतीले
आस्थाको पोखरी रंगाउनेहरू,
मुस्किलले सङ्क्रान्ति, दशैं र सुनकोशी–ईन्द्रावती भुलेर
अझैसम्म वर्षको एकपटक
अनुहारमा निराशाको क्रिम–पाउडर घस्दैछन् ।

कति हाँस्दो हो नाटकघर ?
कति जिल्लिँदा हुन् अभ्यस्त कलाकार ?
कति सन्नाटा छाउँदो हो लाल दरबारमा ?
मयलजाम जडौरीका हुलबीच
मयलपोस पोशाकको बेईज्जती,
सपना गुमाउँदै भासिएका आँखा,
भर गुमाउँदै थर्थराएका हातपाउ,
आवाज गुमाउँदै बर्बराएका ओठ,
आक्रोश बढ्दै दुन्दुभि खेलेका चेत,
कति सर्माउँदा हुन् लाल इन्द्रीयहरू ?
आँखै अघि यी ‘घिनलाग्दा’ देख्नुपर्दा ।

अझै सोच्दा हुन्–
सपनाको एक खोका ठेकेदारी गरौँ,
थर्थराएका हातपाउमा किलाकाँटी ठोकौँ,
बर्बराएका ओठलाई
सुटुक्क निचोरी दुध निकालौँ,
आक्रोशले दुन्दुभित चेतलाई
रमितेहरूको तालीमा बदलौँ ।
कठै ! तिनको अजिङ्गरे आस्था,
विचरा ! तिनको गोही संवेदना ।

झोपडीको सङ्क्रान्ति खोज्न,
अभावको दशैं मेटाउन,
एक प्याला ओखतीको बन्दोबस्त गराउन
कुनियमको बाटो तोडेर
मैनकाँडाको फड्के टेकेका
बाआमाका हजारौँ प्युसाहरू
सङ्क्रान्ति अघिकै असारे झरीमा मारिए
दशैं अघिकै भदौरे उदासीमा बिलाए
यातनाको बधशालाभित्र,
पानी माग्दा…मलमुत्र… भो ! भो !! कुरै नगरौँ
यस्तो सुन्दा भरे–
लालदरबार दिग्मिगाउला ।

अझैसम्म–
फोटाभन्दा याद निख्खर छन्,
शालिकभन्दा साहस उँचा छन्,
अबिरभन्दा रगत चोखा छन्,
गुराँसको फेद, खोरिया र मैदानमा भेटिने
अनाम प्युसाहरूको निस्खोटी सपनाहरू छन्
जडौरी–थाङ्ना र खलान–आरनहरू
तयारीमा छन् मितेरी साईनोको,
जब, ठोक्किनेछ निधार
कम्पनले भत्किनेछ लालदरबार !
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x