बद्रीप्रसाद दाहाल ‘भस्मासुर’सहिद– सपना छोपिन गयो !
सधैँ जुध्दाजुध्दै, सहिद– सपना, छोपिन गयो
सबै बुभ्mदाबुभ्mदै, पनि मुलुक झन्झन् पछि भयो ।
चढे सत्ता धेरै, निज हित बुने, दर्शन भुली
बढे मोजी मस्ती, सहिद–सपना, भो खलबली ।।१।।
चढे फाँसी तिन्ले, परिजन भुली, आहुति हुँदै
लडे योद्धा बन्दै, मुलुक–जनमा, जागृति छुँदै ।
अहो ! सङ्ग्रामीका, रगत–भलमा भो खलबल
लडाकू ज्यूँदा छन्, नजरभर आँसू टलपल ।।२।।
दलै हाम्रा थम्बा, जनहक दिने, तागत भनी
अहा ! छाती थापे, बम–गन कठै, बन्दुक पनि ।
कयौं लाल्चा तोडे, निज हित हुने, बक्सिस ठुला
सयौं मौका छोडे, भयसित झुकेनन् भइ लुला ।।३।।
कडा वाचा रोजी, दमनसित जुध्दै, समरमा
हुतात्माले तोडे, जनदमनको अङकुश यहाँ ।
अहा ! यस्ता गाथा, विचलित भई छोपिन गयो
तर्दथे सत्ता नै, ‘जनगण’ भनी, रोपिन गयो ।।४।।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest







































