साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीडित पण्डित

Nepal Telecom ad

भुटेको मकैको स्वादको व्याख्या
दाँत भएकाले भन्दा दाँत नभएकाले राम्रोसँग गर्छ
सरकारले के कस्तो गर्नुपर्छ ?
त्यो त सरकारमा भएकालाई भन्दा नभएका र नहुनेलाई सोध्नु पर्छ !

कुन तेलले कपाल बाक्लो बनाउँछ ?
प्रश्न भुइँमा झर्न नपाउँदै पहिलो उत्तर तालुखुइलेबाट नै आउँछ
पैसा कसरी कमाउन सकिन्छ ? सोध्नु होस् त,
सप्पै भन्दा धेरै उपाय सबैभन्दा गरिबले खररर सुनाउँछ ।

कुन ओखतिले खोकी ठ्याम्मै बिसेक हुन्छ ?
सबै भन्दा पहिले उत्तर दिने र खोक्ने उही हुन्छ
के गर्यो भने देशको विकास हुन्छ ?
जसले देशको बिनास गरेको छ पहिलो उत्तर दिने उही हुन्छ ।

मोटाउन के गर्नु पर्छ ?
त्यसको उत्तर– रामायण त फुके ढल्ने मरनच्याँसेलाई थाहा हुन्छ
दुब्लाउन के गर्नु पर्छ ?
उत्तर दिन अघि सर्ने पहिलो मोटे नै हुन्छ ।

गणतन्त्रको आन्दोलनमा जसले स्वजन गुमायो
गणतन्त्रको ठूलो प्रचारक उही हुन्छ
पुराना जुन जुन आन्दोलनमा जो जो कैदी भए या दुख पाए
नयाँ आन्दोलनका कुरा गर्ने त्यही हुन्छ
जो जे कारणले पीडित छ, त्यही कारणको प्रचारक पण्डित त्यही हुन्छ
जो जे कारणले पीडित छ, त्यही कारणको प्रचारक पण्डित त्यही हुन्छ ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x