साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दका कथा

Nepal Telecom ad

१.
सडकको छातीमा गुडिरहेका गाडीहरूमा एक्कासि ब्रेक लाग्यो । साना गाडी तथा मोटरसाइकलहरू दायाँबायाँ भाग्न थाले । ठूला गाडीहरू बाटोमा तेर्सिएर आवागमन बन्द भयो । पसलका सटरहरू बन्द हुन थाले । विद्यार्थी पुर्याउने गाडीहरू तथा सिकिस्त बिरामी बोकेका एम्बुलेन्सहरू बीचमा फसे । सडकमा टायरहरू बल्न थाले, सवारी साधनहरूको तोडफोड सुरु भयो ।
‘कारण के रहेछ ?’ म बुझ्ने प्रयत्न गर्दछु । ‘उपत्यका बन्द’ निराश हुँदै रित्तो गाडीको चालकले जवाफ दियो । अर्को चालकसँग जिज्ञासा पोखे– ‘अघिसम्म त केही थाहा थिएन, बन्दबारे ।’ ‘खै ! भर्खर सुरु भएको रे ! कारण चाहिँ थाहा भएन ।’– उसले चिसो उत्तर दियो ।

मोटरसाइकल साइडमा राखेर भीडभित्र पसेर तोडफोडमा सक्रिय युवकहरूलाई बन्दको कारण सोधेँ– बिचरालाई थाहै रहेनछ । ‘सायद ठूलै घटना भएको हुनुपर्छ’ भन्ने सोचेर उत्सुक हुँदै अझ भित्र प्रवेश गरेँ । खै ! थाहा भएन तर बन्द छ’– सबैको साझा उत्तर ।

करिब एक दर्जन केटाहरूको बीचमा उभिएर निर्देशन दिइरहेको मोटो मान्छेलाई सोधेँ– ‘सर ! आज के को उपलक्ष्यमा बन्द हो ?’ ऊ फत्फताउन थाल्यो– त्यस्तो गर्न पाइन्छ ? हाम्रो पनि ज्यान हो, बैङ्कमा बगर धितो राखेर किनेको गाडी हो र ?…।

‘के भयो ? कसले के गर्यो ?’ मोटेको मुखबाट जवाफ फुत्कियो– ‘कालो बिरालोले बाटो काट्न पाउँछ ?’

२.
त्यसपछि बिराला एवं न्याउरी मुसाहरूले संयुक्त बैठक आयोजना गरे । हामी पिछडिएका तथा सीमान्तकृत वर्गलाई हेप्न पाइन्छ ? हामी पनि आफ्नै कामले एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दछ । कि त सरकारले हाम्रो लागि छुट्टै बाटो, आकाशे पुल वा टनेल मार्ग बनाइदिनुपर्यो, कि त हामीमाथि लागेको अशुभ साइत बिगार्ने… जस्ता बिल्लाहरू फिर्ता गर्नुपर्यो ।
नत्र… हामी सबै सडकमा ओर्लिएर नेपाल बन्द गर्छौं । हामी पनि हेर्छैं कसरी चल्दा रहेछन् गाडी ?

३.
‘यो महिना साह्रै खल्लो भयो– नुनविनाको तरकारी जस्तो, जुनविनाको आकाश जस्तो खुनविनाको शरीर जस्तो, सुनविनाको गहना जस्तो, ऊनविनाको स्वीटर जस्तो…। ’ उसको अनुहारमा निराशा र अभावको रङ पोतियो ।
दसैँ नआए जस्तो, तिहारले बिर्सेजस्तो, छठले छोडेजस्तो, तीज छुटेजस्तो… कस्तो ! कस्तो !
किनकि यो महिनामा बन्द एकपटक पनि भएन ।

४.
‘सहनुको पनि हद हुन्छ यार ! हामीले के गल्ती गरेका छौँ र हामीलाई ढालिन्छ ?’ बन्दको अभियानमा ढलेका रोड डिभाइडरले आक्रोश पोखे ।

‘हाम्रो के दोष छ ?’ रेलिङले आर्तनाद गरे ।

‘हामीले त झन् पारदर्शी भएर यात्रुलाई जाडो, गर्मी आदिको पनि ख्याल गरेका छौँ ।’ गाडीका शिशाहरू निराश भए ।

‘हरेक आन्दोलनमा हामीहरू सती जानुपर्ने, जलेर खरानी हुनुपर्ने !’ टायरहरूले आक्रोश पोखे ।

‘हामी सबैका साझा हौँ तर हामीमाथि किन ढुङ्गामुढा ?’ भौतिक संरचनाहरू चुर भए ।

बाटो रातो हुने गरी टुक्रिएका इँट्टाहरूले निचोड निकाले– साथीहरू ! हामी बोल्दैनौँ, विरोध गर्दैनौँ, बदला लिँदैनौँ– केवल चुपचाप सहेर बस्दछौँ तसर्थ हामी नै तोडफोडको शिकार भएका छौँ । अन्याय गर्ने र सहने दुवै अपराधी हुन् तसर्थ अब हामीले मुखको ताल्चा खोल्नुपर्छ, हातमा जमाएको दही पोख्नुपर्छ….!
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x