साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोइल जान पाम

Nepal Telecom ad

सदियौँदेखि सहस्राब्दीयौँदेखि विद्यमान रीतिरिवाज अहिले पनि यथावत् रुपमा चलिरहेछ । त्यो हो पोइल जाने चलन । पुरुष प्रधान समाजमा जनआन्दोलनको नेतृत्व पुरुषले गरेकाले आन्दोलनको उपलब्धीलाई पुरुषले आफ्नो अनुकुलको ऐन नियम बनायो । नारीलाई खटाएर अधिकार प्रदान गर्यो । अर्थात् जनआन्दोलन– १ पछि सिर्फ ५ प्रतिशत कोटामा निचोरेर राखे । झण्डै डेढ दशकपछि जनआन्दोलन– २ छेडियो । एक्काइसौं सताब्दीमा अबको युग नारीको हो । आधा भन्दा बढी आकाश ओगट्ने नारी जगत्लाई ३३ प्रतिशत कोटा सुरक्षित गरेर नारीलाई अल्मल्याउन खोजिँदैछ । नयाँ नेपालको निर्माणमा जुटेको वर्तमान नेपालमा अब नारीको नेतृत्वमा पुन जनआन्दोलन– ३ छेडिनुपर्छ । व्यापक रुपमा परिवर्तन गरिनुपर्छ । जन आन्दोलन– ३ ले मुलुकको सरकार चलाउने उपल्लो स्थानमा नारीको बाहुल्यता हुनुपर्छ । कानुन बनाउने अधिकारको रुपान्तरण नारी जगत्मा हुनुपर्छ । किनकि नारीले आफनो अनुकुलको कानुन बनाउन सकुन् ।

युगौँयुगदेखि पितृसतात्मक परिवारमा हुर्किएर, पुरुषको दासतामा पिल्सिएर पुरुष अनुकुलको जंजिरमा जेलिएर नारीले जीवन गुजारा गरिरहेका छन् । केवल भोग्य बस्तुको रुपमा रहेर बस्ने नारी जगत्को पालो आउनेछ नारीले खाना पस्किएर दिए झैं अब के कति अधिकार पुरुषलाई दिने, कति प्रतिशत कोटा सुरक्षित गर्ने भनेर पुरुषलाई अड्कलेर हक अधिकार प्रदान गरिनु पर्दछ ।

साँच्चै अब नयाँ नेपालको थालनी गर्ने हो भने थालनीबाटै नारी वर्गले पराईको घरमा जाने, बुहारी भएर बुहार्तन सहने । सासू ससुरा रिझाउनु पर्ने नन्द देवर, श्रीमानलाई खुसी तुल्यााउनु पर्ने जस्ता परम्परागत रीतिरिवाज र चलनहरूलाई तिलाञ्जली दिन हिम्मत गर्नुपर्छ । कुसंस्कारहरूलाई संशोधन गर्ने हिम्मत गर्नुपर्छ । त्यति मात्र हो र दश महिनासम्म गर्वमा राखेर, अनेकौँ दुःख, गोता, गैरानी र हण्डर सहेर, अबोध शिशुको जन्म दिएर हुकाई बढाई ग¥यो तै पनि फगत् हुने रे । अर्थात् अर्काको नै वंशपरम्परा धानिएको रे । यस्ता अन्धविश्वासी धारणामा परिवर्तन गरिनु पर्दछ ।

धार्मिक अन्धविश्वासमा रुमलिएर छोरा र छोरीमा आकाश र पाताल झैं भेदभाव गर्ने प्रचलन शिक्षित भनाउँदा वौद्घिक वर्गको मथिङ्गलबाट अझै पनि हटेको पाइँदैन । सामाजिक रुपान्तरणको लागि नारी वर्गले हिम्मत गर्नु पर्दछ । विशेष गरी कुमारी कन्याहरूले जोइल जाने चलन बसाउँदा समाजलाई हुने फाइदाको बारेमा चेतना जगाउनु पर्दछ । विवाहको मौसम आउँदैछ । दुलही भएर पराईकोे घरमा जान पाए हुन्थ्यो भन्ने मानसिकतामा हुनुहुन्छ भने अब सोचाइलाई आमुल परिवर्तन गर्नुहोस् । अब त केटालाई विवाह गरेर केटीले नै भित्र्याउनु पर्छ । जोइल जाने चलन बसाउनु पर्छ । पराइको घरमा गएर बुहार्तन खेप्नु पर्ने, नारीहरूले बुहार्तनबाट छुटकारा पाउनेछन् । चाहनुहुन्छ भने बरु ज्वाइहर्तन खेपाउन सक्नुहुनेछ । पालाको पैँचो फिर्काउनु पर्छ ।

जोइल जाने नयाँ चलनले छोरा हुनेहरू नाक घोक्र्याएर बुहारी भित्र्याउन पाइनेछ भन्दै मख्ख हुनेहरू, छोराले बंश परम्परा धान्छ भनेर गजक्क पर्नेहरूको ओठ र तालु सुक्नेछन् । बुढेसकालको सहारा छोरा हो भनेर गर्व गर्नेहरू बुहारीसँग छोरा जोइल गएपछि बूढाको सहारा बूढी, बूढीको सहारा बूढा भनेर बस्नु सिवाय के नै गर्न सक्लान् र ?

जोइल जाने चलनले छोरी नै छोरी हुनेहरू ज्यादै प्रफुल्ल बन्नेछन् । छोरीहरूले छानी छानी सुशील ज्वाइँहरू भित्र्याउनेछन् । बंश परम्परा धान्नेछन् । बुढेसकालको सहारा बन्नेछन् । बल्ल छोरी हुनुको सार्थकता भेट्नेछ । अविवाहित युवा जगत्ले पनि आफ्नो मनस्थिति परिवर्तन गर्नुपर्नेछ । किनकि बाटोमा हिँड्दा, विद्यालय कलेजमा पढ्न जाँदा केटीहरूलाई जिस्क्याई जिस्क्याइकन फकाई फकाइकन किन लभ गर्ने ? बेरोजगारीले तड्पाएर खल्तीमा फुट्या कौडी नहुँदा पनि पे्रमीले रेस्टुराँमा लग्नु पर्ने नत्र मैले जान्याछु भनेर दिने घुर्की धम्की किन सहने ? पे्रमिकाको कुरा नमानौँ घरजम नै नहोला भन्ने पीर । माने त अर्काको खल्तीको बेथा कसलाई के थाहा ? यति मात्र हो र जुत्ता फाटुन्जेल सत्र गाउँ डुल्दा पनि मिल्दो जोडी नपाएर हैरान भएका केटाहरूको टन्टै साफ ।

जोइल जाने चलन बसाएपछि महादेव झै बलिष्ठ पाखुरा र जगत्पिता जस्तो पति पाउँ भनेर निलाहार उपवास बस्नु पर्ने छैन । केटाहरूले पनि केवल पार्वती झैं पत्नीसँग जोइल जान पाउँ भनेर उपवास बस्नेछन् । निश्चय पनि तपाईसँग विवाह गर्न थुप्रै कन्याहरू हेर्न आउँनेछन् र माग्न आउनेछन् । मन परेकी श्रीमती बनाउन पाउनु हुनेछ । विवाहयोग्य युवाहरू हुनुहुन्छ र अब कस्ती सुन्दरी मेरो जीवनमा आउने हुन् ? कस्ती केटीसँग विवाह गरेमा भविष्ण् राम्रो हुनेछ । मन परेकी सुकन्यालाई खुसी तुल्याउन बेरोजगारीले तड्पाएको अवस्थामा मोवाइलमा रिचार्ज गरी घन्टौँसम्म किन केटीसँग गफ गर्नु प¥यो र । मन परेकी सुन्दरी केटीसँग जोइल गएर सासू ससुरालाई श्रद्घापूर्वक मानेर, जेठान, साला सालीलाई खुसी तुल्याएर घरजम गर्दै गणतान्त्रिक नयाँ नेपालको भव्य रुपमा स्वागत गरौँ ।

महङ्गीले सर्वोच्च शिखर सगरमाथालाई चुनौती दिँदै, नाघ्न लागेको बेला बेरोजगारीले बेस्मारी चुटेका समयमा कसरी जहान परिवार पाल्ने, घरगृहस्थी कसरी चलाउने भन्ने अनावश्यक टेन्सन लिइरहनु पर्दैन । आयआर्जनको मार्ग नभए पनि धम्क्याएर, घुक्र्याएर भए पनि आफ्नाे इच्छा बमोजिमको सामान ल्याईदिन आग्रह गर्न पाइन्छ । स्वार्थ पूरा गर्नको लागि छिनछिनमा पार्टी फेर्ने नेता तथा कार्यकर्ता जस्तो जसले मलाई राम्रोसँग भरणपोषण गर्छन्, परिवारमा जसले सम्मानपूर्वक बाँच्ने अवसर प्रदान गर्दछन् उनीहरूसँग नै जोइल गइदिन्छु भनेर दङ्ग्याउन पाइन्छ । श्रीमतीको मागलाई सम्बोधन गर्न नसकेर सधैं लुते कुकुर भएर जीवन बिताएको जस्तो बिताउनु पर्ने छैन । नामर्दको श्रीमती भएर बाँच्नु भन्दा मर्दको कमारी वेश भन्ने उखान पनि कोही कसैको मुखबाट निस्कने छैन ।

नेपाली भाषामा प्रचलित उखान टुक्काहरूलाई पनि सकेसम्म संशोधन गरौँ । दुई जोइको पोइ कुना बसी रोई भन्ने जिव्रोलाई “दुई पोइको जोइ कुना बसी रोई, भन्ने उखानमा अभ्यस्त गराऔँ । पोइटिङ्ग्रे स्वास्नी, दुई ओटी स्वास्नी घर पक्का तीन ओटा गोरु हल पक्का भन्ने उखानलाई पुन लेखन गरौँ यसरी तीन ओटा गोरुको हल पक्का दुई ओटा पोइ घर पक्का जस्ता उखानहरू व्यवहारमा ल्याऊँ । संसारमा साँच्चै भगवान् छन् र भगवान्ले सृष्टिका चराचर प्राणीको पुकारा सुन्छन् भने मानवका पुकारा पनि पक्कै सुन्नेछन् । त्यसैले साष्टाङ्ग प्रणाम गरी प्रार्थना गरौँ कि चाँडै नै पार्वती झैं सुन्दरी कन्यासँग जोइल जान पाउँ भनेर वर मागौ । जोइल जाने हैन त ?
मन्थली– १, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x