साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमपत्रमा दोहरी

Nepal Telecom ad

दोस्रो पत्र

रुप सुकेको फूल जस्तो
मुस्कान पनि
औँशीको त्यो जून जस्तो
थाहै पाइन तिमीमा कसरी दिल बस्यो
भन्नै सक्दिन अझै 
यो प्रेम तिमीमा कसरी फस्यो
क्रिम लाउँदा पनि भैँसीकी पाडी जस्ती
बोलाउँदा पनि सुसाउने बाढी जस्ती
एक दिन प्रेमपत्र लेखेर
तिम्रो घरको पर्खालबाट फाले
भकर्नुसम्म भकुरे तिम्रा बाले
त्यसपछि त तिम्रो घरको बाटो नै आइँन
आउँ भने पनि
तिमीबाट कुनै प्रतिकृया नै पाइँन ।

उनको पत्र

तिमी पनि हावा नभको पाङ्ग्रा जस्ता
फेसन पनि बाक्सी परेका भाङ्ग्रा जस्ता
पढाइ लेखाइ छैन सुर्ति खैनी हातमा
कौडी पनि नकमाउनेको करोड छ बातमा
वासा पनि तिमीले खाने
तुम्बा पनि तिमी नै खाने
भट्टीकी साउनीदेखि
डिस्कोकी बाख्रीसम्मको
चुम्बा पनि तिमीले नै खाने
यस्ता लट्टे भाङ्ग्रेसँग पनि कसैले मायाँ लाउँछ
आज विवाह गरेर भोलि अदालत कसले धाउँछ
बाले ठोके दाइले ठोके, अब टोलले पनि ठोक्ला
यस्तै चाला गर्यौ भने कलले पनि बोक्ला ।

अन्तिम पत्र

सक्छ्यौ भने हेर प्रिया
बुढीकन्या बस्नू
सकेनौ भने साठी बर्षे
युवासँग नै फस्नू
त्यो पनि सकेनौ भने
म त छँदैछु प्रिय
मन फिर्यो भने
मेरै घरतिर पस्नू ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x