साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ढुक्क छु

Nepal Telecom ad

माघ आठमा संविधान आउँछ, म ढुक्क छु
गएको माघ आठमा संविधान आएन, म ढुक्क छु
अब जेठ पन्ध्रमा संविधान आउँछ, म ढुक्क छु
न आए संबिधान आउँदैन, म आइ हाल्छु, म ढुक्क छु ।

कुरो संविधान आउँछ आउँदैन होइन, म ढुक्क छु
कुरो म ढुक्क छु कि छुइन हो, म ढुक्क छु
सप्पै मिले संविधान बन्छ, म ढुक्क छु
म नै कोहिसँग मिल्दिन, म ढुक्क छु ।

नेपालीलाई नया संविधान चाहिएको छ, म ढुक्क छु
नयाँ त के पुरानो पनि पाउँदैनन्, म ढुक्क छु
साँढेको फल म झार्दिन, म ढुक्क छु
स्यालहरू पछि लागि रहन्छन्, म ढुक्क छु ।

उत्तर पनि हेरेको छु, दक्षिण पनि हेरेको छु, म ढुक्क छु
कतैबाट आयो भने हामी समात्न सफल हुन्छौँ, म ढुक्क छु
हामी सफल हुनु पर्ने हो, सफल छौँ र रहन्छौँ, म ढुक्क छु
विफल भए जनता नै हुने हुन्, म होइन, म ढुक्क छु ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x