साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोडसेडिङ

Nepal Telecom ad

विश्वास कुल्चेर फेरि पनि
छक्का पञ्जाले टेकेर
अँध्यारै बाटो फर्कियो समय
पुरानै बाटो फर्कियो समय
लोडसेडिङ्मा टक्क रोकियो साँझ
र भन्यो–
ए मान्छेहरू ! यो निदाउने समय हो
विस्तार विस्तारै
गाउँभरि फैलिए निशाचरहरू
शहर चुर्लुम्म डुब्यो अधेँरीमा
रातकै प्रचारमा मच्चिन थाले
उभिन्डो झुन्डिएका चमेराहरू
सिएनएनका पर्दामा
बिबिसीका तरङ्गहरूमा
बुद्धको विज्ञापन गर्दै
कर्तुतहरू ढाकछोप गर्न
पर्चा टासेर शान्तिको
फेरि कुर्लन थाले
जूनकीरीविरुद्ध काला रातहरू
खबरदार ! कोही उज्यालो नबाल्नू
यो निदाउने समय हो
छामेर– मुटुको ढुकढुकी र उष्णता
छामेर– नशानशा नाडीको गति
छामेर– सडक सडकमा निर्जनता
छामेर– गल्ली गल्लीको सन्नाटा र सुस्कता
अखबारका पानाभरि छापियो समाचार
कि–
लोडसेडिङ् बढ्दै छ
संक्रमण बढ्दै छ
र बढ्दै छ अँध्याराको साम्राज्य
त्यसैले
ए मान्छेहरू !
आवाज ननिकाल्नू
यो चुपचाप बस्ने बेला हो
प्रमिथस पर्खेर
पत्तै नपाई
सिसिफस बाँचेका मान्छेहरूको
रात सभ्यताको सन्नाटा चिरेर
निस्किरह्यो–
औषधि नपाई बल्झेको
हजुरबाको खोकी
उल्लुको उराठिलो आवाजमा
दबिएको स्वरमा निस्क्यो
मदौरु सुस्केरा–बाबु घाम लागेन ?
भोको पेटमा सल्किएको आगो
पानीले ननिभेपछि
छटपटिदै सोधिन आमाले–
नानी उज्यालो भएन ?
लोडसेडिङ्ले घरभरि छरेको अँध्यारोमा
जूनकीरी पछ्याउँदै गएको बालक
फर्केर आयो र सोध्यो–
बाबा रात नपरी बिहान हुँदैन हगि ?
हो बा !
बाँकी छ रातको अन्तिम प्रहर
बाँकी छ रोग, शोक र भोकको अन्तिम प्रहर
निद्राको अन्तिम प्रहर बाँकी छ
र बाँकी छ– लोडसेडिङ्विरुद्ध लड््नैपर्ने
अन्तिम एक युद्ध पनि ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x