साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिंजडाभित्र छिर्ने रहर

Nepal Telecom ad

दुःखका अनगिन्ती खोंच छिचोल्दा पनि
बेथितिका अनेकौँ खहरे तरिसक्दा पनि
बिपन्नताका लाखे
निर्लज्ज नाङ्गो नाचिरहेछ,
परिश्रमको पसिनाले
रानीपोखरी भरिँदा पनि
अभावको धरहरा ङिच्च ठडिइरहेछ
पोखरीमा कैयौँ पीडाका हाँसहरू
यत्रतत्र हेलिइरहेछन्
धरहराबाट अनेकौँ सङ्कटहरू
वेदनाका मनोरञ्जन नियालिरहेछन्
शहर अझै उस्तै
आडम्बर मानवीयता ढल्काएर
सडकपेटीमा असरल्ल कुर्लिरहेछ
थिलथिलो रोगी शरीर
एकमुठी राष्ट्रियताको ढुकढुकी बोकेर
निस्तो नागरिकता
छातीमा भिरेर छट्पटाइरहेछ
सुक्खा थपडीहरू
अनिकाले सम्मानमा गुन्जिरहेछन्
उसका पनि इच्छाहरू
पुतलीसँगै रङ्गीबिरङ्गी फूलबारी
बिचरण गर्न चाहन्छ
उसका पनि रहरहरू
सपनाको राजकुमार जस्तै
उड्ने घोडामा बुर्कुसी मार्दै
संसार जित्न चाहन्छ
तर उसका रहरहरू
अभावको सेनाले बारेको
तारबारभित्रै
समयका क्रुर बुटले कुल्चिएका छन्
उसका सन्तानहरू
सुनिश्चित भविष्यको खोजीमा
सपनाका तुईनहरू
यथार्थको कर्णालीमा तन्काएर
देवीहरूलाई भाकल गर्दै
युरोप अमेरिकारूपी पिंजडाभित्र छिर्न
यत्रतत्र दाउपेच हेरिरहेछन्
अनेकौँ रस्साकस्सीमा ब्यस्त छन् ।
जोरपाटी, काठमाडौँ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x