साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पछि पर्यो कान्छो !!!

Nepal Telecom ad

कालोलाई कालै भन्दा पछि पर्यो कान्छो
नजानेर सही धन्धा पछि पर्यो कान्छो !!!

केही हुन्थ्यो जिन्दगीमा बढ्ने थियो फूर्ति
न लियो न दियो चन्दा पछि पर्यो कान्छो ।

पियो झोल इमानको बन्यो सत्यवादी !!!
आफ्नो बाटो आफैं खन्दा पछि पर्यो कान्छो ।

पहाडझैं रह्यो अटल आँधी आए पनि
नैतिकता बन्यो फन्दा पछि पर्यो कान्छो ।

गान्धी, बुद्ध, विदुर पो बने मित्रहरू
उसका साथी सबै अन्धा पछि पर्यो कान्छो ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x