प्रेम ओली ढकलपुरेलोके संस्कार
कसैले खान बोलयो भने
मेरा मित्र लोके
पलेटी कसेर टन्न ठोके
त्यतिमात्र नपुगेर
श्रीमतीलाई अलिकती भन्दै
झोलामा खाना बोके ।
न आफ्नो जाने
न बाउको जाने
फोकटमा भेटे पछी
घाँटीसम्म आउने गरी धोके
यसपाली त झन
आँफै अर्डर गरेर पो
झोलाभरी बोके ।
बुझ्दै जाँदा यो चलन
बाजेकै पालाको रहेछ
जसले बोलायो भने जाने
बोलाउने भन्दा धेरै
आफै मर्ने गरी खाने
खुवाउने बजेट कती छ
हेक्का थाह छैन
भेजै मम भए पनि बोकेर लाने ।
अरुको खल्ती कति दाम सोध्ने होइन
थोरै खुवाउने हो कि धेरै, सोच्ने होइन
जति कमाए पनि अर्काकै आस
पाइन्छ भने अन्तै हुने बास
त्यसैले हो कि लोके
समाजमा पछि परेका खास
कहिले बुझ्ने होलान मान्छेको अट्टाहास
तर यो खान्दानी संस्कृति
छोड्लान जस्तो छैनन्
बिचरा लोकेले कहिले बुझ्लान्
किन लोकप्रिय भइनन्
तपाईंसँग लोके संस्कृति छ भने
अब कुरो बुझ्नु होला
झोला बोक्नु भन्दा पहिले
एक पटक अवश्य सोच्नु होला ।
दाङ, हाल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































