साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ मुनामदन

Nepal Telecom ad

(म सोच्दैछु लक्ष्मी प्रसाद देवकोटा आज हुँदा हुन् त उनको खण्डकाव्य मुनामदनको पात्र मदन ल्हासा नगएर मलेसिया गएका हुने थिए अनि ९ वर्षसम्म घर नफर्केका हुने थिए । उता घरबार चलाउन गाह्रो भएर मुना पनि छोराछोरी बोडर्स राखेर इजरायल गएकी हुने थिइन् । मलेसियामा मदनले भियतनामी अर्की मुनासँग घरजम गरेका हुने थिए, यता मुनाले पनि अरबको ठिटोलाई ब्याईफ्रेन्ड बनाएकी हुने थिइन् । अब लक्ष्मी प्रसादले मुनामदन कसरी लेख्थे होला बिचार गर्नुस् !!)

मुनाले गुनासो यसरी गर्थिन् होला–
मुना–
साँचेर राखेँ जिन्दगी मैले तिम्रै हो भनेर
निस्ठुरी रैछौ छोडेर गयौ पराइ सम्झेर !!

मदन–
बिगार्यौ मती तिमीले अति के गर्नु बसेर
सहेर साध्य नभएपछि बसिन सहेर !!

मुना–
इज्जत मेरो उचाली तिमी रमायौ यसरी
भेटे चै भने भकुर्छु मैले समाएर बेस्सरी !!

मदन–
भेटे पो कुट्नु मलाई तैँले नकरा च्याँखुरी
भेट्टाएँ भने तेरो नै बोरु छुट्याउँछु पाखुरी !!!

मुना–
विदेश गयौ गाउँमा भाको बेचेर सम्पती
बसेका छौ रे उतै पो तिमी मिलेर दम्पती !!

मदन–
शरीर बुढो भएको तिम्रो खुकुलो वदन
रमाउन कैले सकेन तिम्रो तिमीमा मदन ।

मुना–
जाँ गए जाऊ नजिक नआऊ यो मेरो कसम
तिमीले भेट्दा मैले नि भेटेँ नयाँ छ मदन ।

जितु खड्का गाउँले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x