जागीरको आश
जागीर बोकी फोन आउँछ आशा सल्बलाई
आजै दिन्छु भन्दै जान्छ मनै खल्बलाई
बेखबरमै आज बित्छ न खबर छ भोलि
पठाउँजस्तो लाग्न थाल्छ शब्दहरूकै गोली ।
उठेदेखि आँखा तानी फोन हेर्दै पढ्छु
नयाँ नम्बर देख्नसाथ पक्कै होकि भन्छु
उठाउँदै हलो भन्दा ब्यापारी हुं भन्छ
राम्रो डिल दिइसकेँ आजै किन भन्छ ।
धेरै कुना भरिए नि एउटा सधैं रित्तै
त्यही एउटा नै धेरै भइ दुख्छ बिनासित्तै
हुने भए हत्केलालाई डिजिटलमा राखी
नयाँ नक्सा कोरी हात एडिट गर्ने थिएँ ।
हाल अमेरिका