साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१. रित्तिएको धन्सार ?
समयले कोल्टो फेर्दै गयो
आफन्तहरूले माया मार्दै गए
कपालले रंग बदल्दै आयो
दाँतले नि बिदा माग्दै गए
अनुहारमा चाउरी पर्दै गयो
सिर्फ उमेर बढ्दै गयो
मर्ने दिन नजिकिन थाल्यो
धन जति पाखा लाग्यो
रिणले घोक्रो थिच्दै आयो
रोगहरूको बषात् भो
आफन्तहरूको भागदौड शुरू भो
सबैले बिर्सदै गए
एक्लो आको थिएँ
एक्लै परेँ
यो नै वास्तविक संसार हो !
जिन्दगी भन्नु नै
रित्तिएको धन्सार हो ?

२. भ्रम
बाले पनि माया मार्दै गए
गर्लफÞ्रेंडले नि धोका दिनथाले
समय त मेरो बिग्रेकै हो
घरकै कुकुर नि आफैलाई भुक्ने भो
श्रीमती नि कमाउन्जेल मात्र हो
नत्र त खाईस्योस्बाट घिचिस्योस् भो
बजारभाउ मात्र उच्च हो
मेरो मूल्य त कवाडीको सामान भो
को के र कहाँ छन् आफन्त
यो त मेरो आन्तरिक भ्रम पो हो !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x