साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो शहर कति झल्ला छ

Nepal Telecom ad

यहाँ
खसीको मासु पाइन्छ भन्ने ठाउँमा
बुढी बाख्री काटिन्छ
भगवानको घरमा नयाँ जुत्तासँग
पुरानो जुत्ता साटिन्छ
हरेक दिन यहाँ
नयाँ–नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा ?
मेरो शहर कति झल्ला छ ।

काम नगर्नेहरूबाट नै यहाँ
ठूलो ठूलो भाषण छाँटिन्छ
हुट्टीट्याउँले आकाश आँटेझैं
ठूला ठूला आश्वासन बाटिन्छ
भुसिया कुकुरबाट यहाँ
तपाईं हाम्रो दिमाग चाटिन्छ
आज एउटा कुराको सल्लाह छ
भोलि अर्कै कुरोको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यो शहरको भित्र एउटा
बाहिर अर्कै खोल छ
मान्छे पिच्छे यहाँ
मान्छे मान्छेको मोल छ
निमुखाहरू त बिचरा न हुन्
बलिया बाङ्गाको नै यहाँ बोल छ
बाहिर जति तडक भडक भए पनि
भित्र सबैको डामाडोल छ
आजको भाले त्यो
भोलि त अर्कै चल्ला छ
तपाईलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

घरैपिच्छे यहाँ
तुम्बा ठर्राको भट्टी छ
भट्टीभित्र
मन बहलाउने अधबैसे पट्ठी छ
नगद नारायणलाई स्वागत
तर उधारो माग्नेलाई कट्टी छ
बाहिर छेक्ने पर्दा भए पनि
भित्र सबै खुलमखुल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

ठग्नेहरू पनि यहीँ
ठगिनेहरू पनि यहीँ
जति शुद्धताको कुरा गरे पनि
खाद्यन्नमा माटोमा डल्ला छ
हिजो पनि
आज पनि
सरकारको सधैं यहाँ
कारवाही गर्छु भन्ने मात्रको हल्ला छ
एउटाले पिटे जस्तो
अर्कोले रोए जस्तो
भित्र–भित्र दुवैको दरो सल्लाह छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।
दाङ, हाल– काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x